१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रिन्सको विजयी सुरुआत

प्रिन्स दाहाल


काठमाडौं – नेपालका उदीयमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल शृंखलामा बुधबार पहिलो जित निकालेका छन्।

दशरथ रगंशालास्थित कभर्डहलमा बुधबारबाट सुरु भएको प्रतियोगितामा प्रिन्स दाहालले विजयी सुरुआत गरेका हुन्। दुबई इन्टरनेसनल सिरिज विजेता प्रिन्सले भारतका आर विकास प्रभुलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेका हुन्। पहिलो सेट २१–१५ ले आफ्नो बनाएका प्रिन्सले दोस्रो सेट भने ७–२१ ले सुम्पिए।

प्रिन्सले उत्कृष्ट पुनरागमनका साथ तेस्रो सेट २१–१४ ले आफ्नो बनाउँदैे जित निकाल्दा पुरुष  अन्तिम चारमा स्थान बनाउन सफल भए। बुधबारै तय भएको खेलमा नरेन्द्र बमले भने भारतका नीतिन कुमारबाट वाक ओभर प्राप्त गरे। यु–१९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दा अन्य नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

पुरुष एकलकै अर्को प्रतिस्पर्धामा जेबी साउद भारतका खेलाडी शिवम्कुमार मिश्रसँग सोझो सेटमा पराजित भए। साउद शिवम्कुमारसँग २१–१६ र २१–११ ले स्तब्ध भए। नेपालका प्रियांशुसिंह क्षत्री श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलंकाकै दिगायु कहातापितियासँग १७–२१, २१–८ र २२–२० को प्रतिस्पर्धात्मक खेलमा पराजित भए।

यस्तै नेपालकै गोकुल जोरा भारतका अविन वशिष्ठसँग २१–९, २१–९ को समान अन्तरले स्तब्ध हुँदा अमृत चौधरी पनि भारतीय खेलाडी आयान रसिदसँग २१–८, २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए। महिला एकलतर्फ पनि नेपाली खेलाडीले पहिलो चरण पार गर्न सकेनन्। नेपालकी प्रसूना खत्री मलेसियाकी स्रन्या कबिलानसँग २१–१०, २१–९ ले तथा विष्णा विष्ट भारतकी अनुपमा उपाध्यायसँग २१–४, २१–६ ले पराजित भए।

प्रकाशित: २४ पुस २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App