ग्रामीण क्षेत्रका विषयले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री

मङ्गलबार, ०५ पुष २०७३, १७ : ३७ नागरिक

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ग्रामीण क्षेत्रका बहुसङ्ख्यक जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने बताएका छन्।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको आज ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमले समाजमा उत्प्रेरणा दिने खालका समाचारलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले भने, “पत्रकारलाई खबर केन्द्र वा सिंहदरबारमा मात्र छ भन्ने परेको छ । म त्यस्ता कुरालाई त्यति प्रोत्साहित गर्ने पक्षमा छैन।”

मन्त्री कार्कीले साना र मोफसलका पत्रपत्रिकामा पनि त्यही प्रवृत्ति हावी भएको बताउँदै विषयगत रुपमा समाचार सम्पे्रषण गरी आफ्नो छुट्टै पहिचान बनाउन सुझाव दिए।

कार्यक्रममा समाजका अध्यक्ष दामोदर दवाडी, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतले मुलुकको पत्रकारिता र राजनीतिक इतिहासमा ठूलो योगदान पुर्‍याएका साना लगानीका साप्ताहिक पत्रिका अहिले आर्थिक सङ्कटमा परेको तर्फ ध्यान आकृष्ट गर्दै सरकारका तर्फबाट सहयोग र प्रोत्साहनको अपेक्षा गरे।

समाजले सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण हुनुपर्ने, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि हुनुपर्ने, साना मिडियामा श्रमजीवी पत्रकार ऐन लागू गर्न छुट्टै व्यवस्था गरिनुपर्ने, भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सरकारका तर्फबाट सुविधा दिइनुपर्नेलगायतका माग अघि सारेको छ। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad