१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशमा भ्रमण वर्षको प्रचार गर्नुपर्ने

काठमाडौं – नेपालका सबै तहका सरकारी पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा जानुपर्दा अनिवार्य नेपाल पर्यटन वर्ष २०२० को प्रचार गर्नुपर्ने छ। मन्त्रीपरिषद्को बैठकले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा जाँदा अनिवार्य भ्रमण वर्षको जानकारी दिने र वक्तव्य दिँदा समेत नेपाल भ्रमणका लागि अनुरोध गर्नुपर्ने अनिवार्यता गरेको हो।

मन्त्रीपरिषद्को निर्णय संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सरकारी तथा सार्वजनिक निकाय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै प्रदेश र स्थानीय तहमासमेत कार्यान्वयनका लागि पत्राचार गरिएको छ। संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि सरकारी एवं सार्वजनिक निकायले पालना गर्नुपर्ने कार्य जिम्मेवारी सम्बन्धमा संघ अन्र्तगतका निकाय, प्रदेश र स्थानीय तहमासमेत कार्यान्वयनका लागि पठाइएको बताए।

‘मन्त्रालय तथा सार्वजनिक निकायबाट विदेशमा गरिने भ्रमण तथा प्रतिनिधिŒव हुँदा अनिवार्य रूपमा नेपाल भ्रमण वर्ष २०२० को जानकारी दिने र वक्तव्य दिँदा यसको उल्लेख गरि नेपालमा भ्रमण गर्न अनुरोध गर्नुपर्नेछ,’ उपाध्यायले भने। मन्त्रीपरिषदले सार्वजनिक निकाय एवं पदाधिकारीका लागि तोकेको कार्यजिम्मेवारी अनुसार भ्रमण वर्षको पूर्वसन्ध्यामा पुस १५ र १६ गते सबै सरकारी निकायमा दिपावली गर्नुपर्नेछ।

अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा अनिवार्य रूपमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन डेक्स राखि प्रचार सामग्री एवं उपहार दिने व्यवस्था मिलाउन भ्रमण वर्ष सचिवालयसँग समन्वय गर्ने निर्णय भएको छ। पर्यटक आर्कषणका प्रमुख पर्यटकीय गन्तव्यलगायत राष्ट्रिय राजमार्गका सडक तत्काल मर्मत गर्न भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। सार्वजनिक निकायका सवारी साधनमा अनिवार्य रूपमा भ्रमण वर्षको लागो टाँस्ने, इन्टरनेट सेवा प्रदायक संस्थाले इन्टरनेट सेवा खुल्दा सुरुमै भ्रमण वर्षको लोगो आउने व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत मिलाउने निर्णय भएको छ।

प्रकाशित: १६ पुस २०७६ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App