काठमडौं– नेकपा सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती प्रस्ताव गर्ने निर्णय गरेको छ। त्यस्तै अस्थायी रुपमा रहेको राजधानी हेटौडालाई स्थायी बनाइने निर्णय गरेकोछ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।
प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ। प्रदेश सभामा कुल १ सय १० सांसदमध्ये नेकपाको ८० मत छ। प्रदेश स्थायी राजधानीका लागि ७४ मत आवश्यक पर्छ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन र सभामुख चयनका विषयमा समेत छलफल भएको थियो।
प्रकाशित: १३ पुस २०७६ ०७:५६ आइतबार