सहमतिबाट गतिरोध अन्त्य हुन्छ: उपप्रधानमन्त्री महरा

सोमबार, ०४ पुष २०७३, १८ : ५५ नागरिक

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक सहमति र सहकार्यबाट विद्यमान गतिरोध अन्त्य गरेर अगाडि बढ्ने बताएका छन्।

अर्थ मन्त्रालयद्वारा सोमबार आयोजित नेपालको विकासमा साझेदारी गर्ने दातृ समुदायसँगको छलफल कार्यक्रममा उनले राजनीतिक दलको ऐक्यबद्धतामा कुनै शङ्का नगर्न उनीहरुसँग आग्रह गरे।

उपप्रधानमन्त्री महराले सत्यनिरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने बाँकी कार्य र बेपत्ता नागरिकको खोजबिन कार्यमा वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै निजी क्षेत्रको लगानीबाट मात्र मुलुकको विकास सम्भव भएकाले लगानीमैत्री वातावरणमा कुनै कन्जुस्याइँ हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
वर्तमान सरकार निजीकरणलाई प्रोत्साहित गर्ने, निर्वाचनको वातावरण तयार गर्ने, संविधान संशोधन, संसद् सञ्चालन र भूकम्पपछिको पुनःनिर्माणमा कटिबद्ध भएको पनि उनले बताए।

कार्यक्रममा एसियाली विकास बैङ्क (एडिबी), विश्व बैङ्क, विश्व स्वास्थ सङ्गठन (डब्लुएचओ), अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ), अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), विश्व कृषि सङ्गठन (एफएओ), युरोपेली सङ्घ (इयु), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)लगायत निकायका प्रतिनिधिको सहभागिता थियो।

उनीहरुले स्थानीय निकायको निर्वाचन, विकास बजेट खर्चमा अनुकूल वातावरण निर्माण तथा भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत विद्यालय र स्वास्थ्यचौकी निर्माणमा तदारुकता देखाउन सुझाएका थिए ।

एसियाली विकास बैंकका प्रमुख केनिची योकोयामीले राजनीतिक सहमतिका आधारमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउँदै भूकम्पछिको पुनःनिर्माणमा ढिलाइ भएको उल्लेख गरे।

डिएफआइडीका प्रतिनिधि गेल मारसेटी र विश्व बैङ्कका ताकुया कामताले विकास बजेट खर्च हुन नसकेको तथा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र मूल्याङ्कन प्रभावकारी हुन नसकेको सन्दर्भ जोडे।

सो अवसरमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले खरिद ऐनको समस्या र बजेट समयमा आउन नसक्नुले पूँजीगत खर्चमा केही ढिलाइ भएको उल्लेख गरे।  

चालु आबको चार महिनामा सरकारले कुल बजेटको करिब आठ प्रतिशत विकास बजेट खर्च गरेको छ । विकास बजेट खर्च हुन नसक्दा सरकारको ढुकुटीमा पैसा थुप्रिएकाले वित्तीय संस्थामा तरलताको अन्त्य भई बैंकको चर्को ब्याज लिन लगानीकर्ता बाध्य भएका छन्।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले भूकम्पबाट पीडित ११ जिल्लाका झन्डै १० हजार निजी आबास निर्माणका लागि सरकारले पहिलो किस्ताको रकम उपलब्ध गराइसकेको बताउँदै विद्यालय, मठमन्दिरलगायत संरचनाको निर्माण अघि बढेको छ उल्लेख गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले भुक्तानी सन्तुलन, विप्रेषण र कृषिमा सन्तोषजनक अवस्था रहेको भए पनि वैदेशिक घाटा चिन्ताजनक अवस्थामा रहेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले १४औँ पञ्चवर्षीय योजना कार्यान्वयनमा आउन लागेको बताउँदै आयात प्रतिस्थापन गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे। चालु आवको चार महिनामा १७ प्रतिशत वस्तुको निर्यात भएको छ भने ८३ प्रतिशत आयात भएको छ। रासस

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad