१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलिया जित नजिक

ब्रिसबेन- अस्ट्रेलियाले पहिलो टेस्टमा तेस्रो दिन शनिबार खेलमा पूर्ण नियन्त्रणमा राखेपछि पाकिस्तान गाबामा जारी दिवा–रात्री टेस्ट जोगाउन संघर्षरत अवस्थामा पुगेको छ। तेस्रो दिनको समाप्तीमा भ्रमणकारी टोलीले २ विकेटको क्षतीमा ७० रन बनाएको छ। १ सय ४ बल खेलेका अजहर अली ४१ र १९ बल खेलेका भेट्रान ब्याट्सम्यान युनिस खान शुन्य रनमा अविजित छन्। अलीले ५ चौका प्रहार गरेका थिए। पाकिस्तानलाई जित्नका लागि अझै ४ सय १९ रनको अवस्यकता छ।

मिचेल स्टार्कले ओपनर सामी अस्लमलाई १२ औं ओभरमा म्याथु रेनशको हाटबाट क्याच गराउँदै पाकिस्तानलाई झड्का दिएका थिए। १५ रन जोडेका अस्लमले ३९ बलमा ३ चौका हानेका थिए। त्यस्तै बाबर आजमलाई स्पिनर नाथन लियोनले कप्तान स्टिभ स्मिथको हातबाट क्याच गराएका थिए। ३६ बल खेलेका आजमले १४ रन जोडेका थिए।

गाबामा अस्ट्रेलिया १९८८ यता अपराजित रहदै आएको छ। घरेलु टोली चौथो दिन आइतबार पाकिस्तालाई अलआउट गर्दै शंृखलामा अग्रतामा लिने दाउमा हुनेछ। पहिलो इनिङमा १ सय ४२ रनमा सिमित भएको पाकिस्तानलाई अस्ट्रेलियाका कप्तान स्मिथले फलोअनका लागी बोलाएनन्। पहिलो इनिङमा पाकिस्तान घरेलु टोली भन्दा २ सय ८७ रनले पछि परेको थियो।

अस्ट्रेलियाले अन्तिम सेसन अघिनै ५ विकेट गुमाएर २ सय २ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङमा शतक पूरा गरेका स्मिथले दोस्रो इनिङमा ६३ रन जोडे। ७० बल खेलेका स्मिथले यासिर शाहको बलमा राहत अलीबाट क्याच हुनुअघि ११ चौका प्रहार गरेका थिए।

उसमान ख्वाजाले १ सय ९ बल खेल्दै ८ चौका सहित ७४ रन बनाए। उनी राहत अलीको बलमा मिसबाह उल हककोे हातबाट क्याच भएका थिए।

अस्ट्रेलियाले चिया सत्र अगाडी दुवै ओपनरलाई गुमाएको थियो। डेविड वार्नर १२ र म्याथु रेनश ६ रन बनाएर पवेलियन फर्किएका थिए। पहिलो इनिङमा पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले गतिलो साझेदारी नगर्दा १ सय ४२ रनमा अलआउट भएको थियो।

पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान सरफराज अहमदले सबैभन्दा धेरै रन जोडे। ६४ बलमा ६ चौका प्रहार गरेका सरफराज ५९ रनमा अविजित रहे।

पाकिस्तानले ९७–८ को स्थितीबाट तेस्रो दिनको सुरुआत गरेको थियो। थप ४५ रन जोड्दा भ्रमणकारी टोलीले बाँकी २ विकेट गुमाएको थियो। अहमद आमिरले नवौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। आमिरले २१ रनको योगदान दिए।

प्रकाशित: ३ पुस २०७३ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App