१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुरु भएको १३ वर्षपछि विमानस्थलको ग्राभेल

ओखलढुंगा– ओखलढुंगाको खिजिचण्डेश्वरीमा सुरु भएको १३ वर्षपछि विमानस्थलको ग्राभेलको काम सकिएको छ। काम सुरु भएको १३ वर्षपछी बल्ल विमानस्थलको रनवेमा ग्राभेलको काम सकिएको हो।

आर्थिक वर्ष २०६३/०६४ सालमा विमानस्थल निर्माणका लागि जग्गाको व्यवस्था गरिएको थियो। आर्थिक वर्ष २०६९/०७० बाट विमानस्थलको जग्गा सम्याउने काम सुरु भएको आयोजना प्रमुख एवं नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विनायक भट्टराईले बताए। हाल विमानस्थलमा ग्राभेल, माटो कटिङ्ग, फिलिङ्ग, ड्रेन निर्माण र अस्थाई टावरघरको निर्माण सम्पन्न भएको भट्टराईले जानकारी दिए।

विमानस्थलमा ग्राभेललगायतको काम एक वर्षमा सम्पन्न गर्नेगरी २०७३ फागुन २४ गते गाल्भा–निसान–पुर्णीमा जेभिले ठेक्का लिएको थियो। ठेकेदार कम्पनीले निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्याद पनि गत असोज १५ गते सकिएको छ। केहि दिन अघिमात्र ठेकेदार कम्पनीले विमानस्थलको ग्राभेल लगायतको काम सकेको हो।

ग्राभेल, माटो कटिङ्ग, फिलिङ्ग, ड्रेन निर्माणका लागि नागरिक उड्यान प्राधिकरणबाट भ्याटसहित २ करोड ५ लाख ३३ हजार ७ सय ४० रुपैयाँमा ठेक्का लागेको थियो। पाँच सय ८० मिटर लम्बाई र चौढाई विमानस्थलको रनवे ग्राभेल गरिएको आयोजना प्रमुख तथा ईन्जिनियर भट्टराईले बताए। यस विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणबाट चाडैँ परीक्षण उडान गर्ने तयारी भईरहेको उनले जानकरी दिए। भट्टराईका अनुसार परिक्षण उडानपछि मागअनुसार यात्रुको संख्या पुगे तथा कुनै विमान कम्पनीले ईच्छा राखे नियमित उडान गर्न सकिने छ।

कुल छ सय ५० मिटर लम्बाई भएको विमानस्थलमा दुई वटा ट्वीनअटर विमान पार्किङ्ग गर्न सकिने छ। रनवेको काम सकिएपनि विमानस्थलमा यात्रु प्रतिक्षालय, सुरक्षा पोष्टलगायतका अन्य संरचनाहरु अझै बन्न बाँकी छन्। पहिरो रोक्न वाल, रनवेको थप स्तर सुधारको काम पनि बाँकी छ।

केहि दिनअघि संघिय सांसद यज्ञराज सुनुवारसहितको टोलिले विमानस्थलको अनुगमन गरेको थियो। सांसद सुनुवारसँगै नागरिक उड्डयान प्राधिकरणका ईञ्जिनियर तथा आयोजना प्रमुख विनायक भट्टराई, तारा एयरका अपरेटिङ म्यानेजर शान्त प्रजापती, क्याप्टेन सन्तोष शाहलगायतको टोलीले हेलिकप्टरबाट खिजीदेम्बा गाउँपालिकाको चण्डेश्वरी विमानस्थलमा पुगेर अनुगमन गरेको हो।

    

 

प्रकाशित: ५ पुस २०७६ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App