१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चौथो पटक स्थगित

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारका लागि निर्धारित बैठक फेरी स्थगित भएको छ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताले तीन पटक बैठक बहिस्कार गरिसकेको छ। आगामी बैठक पुस १० गते हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति नहूँँदा पौडेल पक्षले बै।ठक बहिस्कार गर्दै आएको हो। 

उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको जनाइएको छ। पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ। 

गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो। रासस

प्रकाशित: ४ पुस २०७६ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App