coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

यसो भनेकी थिइन् शृंखलाले यौन हिंसाबारे साहित्य महोत्सवमा (भिडियो)

काठमाडौं– पूर्वमिस नेपाल शृंखला खतिवडाले आफूसमेत यौन हिंसाको सिकार हुनुपरेको प्रतिक्रिया दिएको समाचारलाई लिएर आपत्ति प्रकट गरेकी छन्। सामाजिक सञ्जालमा आफूले त्यस्तो नबोलेको बताएपछि समर्थकहरूले नागरिक विरुद्ध प्रतिक्रिया व्यक्त गरेका छन्।  

भर्खरै पोखरामा आयोजित साहित्य महोत्सवका क्रममा उनले दिएको प्रतिक्रियामा आधारित भई समाचार छापिएको थियो। उनले जे बोलेकी थिइँन त्यसैलाई समाचारमा आधार बनाइएको हो। समाचार विरुद्ध प्रतिक्रिया दिनेहरूले दोहोर्याएर उक्त कार्यक्रमको भिडियो सुनेको देखिएन।

महिलाहरु विभिन्न अवस्थामा यौन हिंसाको सिकार हुने परेको बताउँदै उनले आफैं हिंसाबाट पीडित भएको जनाएकी थिइन्। ‘बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लाग्यो,’ उनले स्पष्टरुपमा बोलेकी छन्।

सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताएकी थिइन्। उनले यौन हिंसाको सिकार हुनुपरेको प्रतिक्रिया दिएको भिडियो यहाँ राखिएको छ।

हामी उनको भावनाको कदर गर्छौं। उनले आफ्नो कुरा राख्ने साहस गरेकोमा सम्मान गर्छौं। यो समाचारमा नागरिकले 'मिस कोट' गरेको छैन। उनको भनाई यहाँ सुन्न सक्नुहुन्छ ।

प्रकाशित: ३ पुस २०७६ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App