१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

काठमाडौंं— देशको अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामकदुई आकर्षक सेवाल्याएको छ ।

साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रतिएम.बि. सम्मको न्युनशुल्कमा डेटाको मज्जा लिन सक्छन्। ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चितगर्दछ।

यी सेवाहरु यही पुस १ गते शुक्रबार देखिलागु हुनेछन्। ‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १ जीबी डेटा खरिद गर्न सक्नेछन्। त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जा लिन सक्छन्। यी सेवा अन्तर्गतका सबै शुल्क कर सहित हुन्।

साप्ताहिक रोमिङ् डेटा प्याक भारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्की लगायत ५० भन्दा बढी देशमा लागू हुनेछ। त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चीन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्की लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागू हुनेछ। 

कसरी लिने रोमिङ टाडा तथा ट्रान्जिट पास?

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन्। रोमिङ सेवा सुचारु गर्न एनसेलकाप्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ माएसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमागई  वाआफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सातदिनको लागि मान्य हुनेछ। 

रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलका ग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जा लिन सक्नेछन्। यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरी रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन्। आठ घण्टाको समयावधिपश्चात सम्बन्धित देशकालागितोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्कलाग्नेछ । 

‘‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो। यी सेवाहरुले रोमिङ्मा रहने हाम्राग्राहकलाई आफ्ना परिवार, प्रियजनतथाव्यवसायसँग सम्पर्कमा रहन योगदान पुर्‍याई थप मुल्य प्रदान गर्ने विश्वास छ', एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। 

आफ्नो सञ्चार आवश्यकता बमोजिम ग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याकलिन सक्छन्।  ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकमा कति डेटा बाँकी छ भनेर हेर्न सक्छन्। यो प्याकमा स्वतःनविकरण हुने व्यवस्था रहेको छैन।

 

प्रकाशित: १ पुस २०७३ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App