१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कार आरोपमा युवक पक्राउ

डोल्पा- डोल्पाको मुड्केचुला गाउँपालिकामा १४ वर्षिया एक किशोरी बलात्कृत भएकी छन्। तल्लो डोल्पा अन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका ७ की एक १४ वर्षिया किशोरी बलात्कृत भएकी हुन्।

उनी २५ गते राती साढे आठ बजेतीर बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बलात्कारको आरोपमा जुम्ला गोठिचौर गाउँपालिका वडा ४ बस्ने १९ वर्षीया लोकेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडितको निवेदन आएपछि बलात्कृत बालिकाको विहिवार विहान जिल्ला अस्पताल दुनैमा स्वास्थ्य परीक्षण गरिएपछि जिल्ला अदालत डोल्पामा मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जीवराज थापाले बताए।

 

प्रकाशित: २८ मंसिर २०७६ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App