१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधन प्रस्ताव परिमार्जन गरेर पारित हुन्छः प्रधानमन्त्री

लहान–प्रधानमन्त्री पुष्पकमल दहालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन हुने बताएका छन्। संसदमा दर्ता संशोधन प्रस्ताव संसदीय प्रक्रियाअनुसार परिमार्जन भएर पारित हुने उनको दाबी छ।

‘मधेसी मोर्चाले भनेजस्तै संशोधनमा परिमार्जनको तयारी हुँदैछ,’ प्रेस सेन्टरद्वारा बुद्यबार लहानमा आयोजित पत्रकार भेटमा प्रम दहालले भने,‘परिमार्जन सहितको संविधानमा संशोधन प्रस्ताव संसदबाटै पारित पनि हुन्छ।’

संसदमा दर्ता संशोधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता नहुने दोह¥याउँदै उनले भने, ‘प्रतिपक्ष दल एमालेले संशोधनको बिरोध गर्नु बिडम्बना हो।’

उनले थपे ‘मेरै ईच्छा अनुसार संशोधन प्रस्ताव दर्ता गराएको भए दश प्रदेशको प्रस्ताव पनि दर्ता गराउन सक्थें, सत्तासाझेदार दलको सहमती र प्रतिपक्ष दललाई पनि सकेसम्म सहमतीमा ल्याएर पारित हुने खालको प्रस्ताव अहिले दर्ता भएको छ।’

मधेसी मोर्चा र प्रतिपक्ष दलको स्वीकार्यता बढाउने गरि परिमार्जन सहितको संशोधन पारित गराएर निर्वाचनमा जाने आफू नेतृत्व सरकारको प्रमुख उदेश्य गरेको उनको जिकिर थियो।

‘संविधानमा हिमाल पहाड र तराईको अधिकतम् स्वीकार्यता बढाउने यो सरकारको उद्देश्य हो,’ उनले भने, ‘मधेसको विश्वास लिएर निर्वाचनमा जाने यो सरकारको उदेश्य हो।’

 

प्रकाशित: २९ मंसिर २०७३ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App