१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अहिले अन्तर्राष्ट्रियकरण नगरौं : प्रचण्ड

पत्रकार सम्मेलनमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : नागरिक

कैलाली – भारतीय अतिक्रमणमा परेको कालापानी–लिपुलेक सीमाक्षेत्रका बारेमा अहिल्यै अन्तर्राष्ट्रियकरण गरेर जटिल बनाउन नहुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन्। उनले नेपाली भूमि अतिक्रविषयलाई कुटनीतिक पहलबाट टुंग्याउन आवश्यक गृहकार्य भइरहेको बताउँदै भने, ‘सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्दा समस्या झन् जटिल हुन्छ।’

शुक्रबारका दिन हुने सुदूरपश्चिम वित्तीय सम्मेलनको उद्घाटनका लागि धनगढी आइपुगेका कार्यकारी अध्यक्ष दाहालले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सीमा विवादलाई हामीले कुटनीतिक पहल र संवादबाटै समाधान खोज्न पहल गरिरहेका छौं।’ उनले नेपालको अतिक्रमित भूभागको विषयमा कुरा गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई दूतका रूपमा भारत पठाउने तयारी भइरहेको पनि बताए। उनले भने, ‘वरिष्ठ नेता नेपाललाई भारत सरकारसँग छलफलका लागि पठाउने तयारी भएको छ तर उच्चस्तरीय भेट र बैठकको व्यवस्था गर्ने कामको सुनिश्चितता भने अहिल्यै भइसकेको छैन।’ यसअघि नेपाल सरकारले सो विषयमा भारत सरकारलाई पत्र पठाएको र त्यसको जबाफ आउन बाँकी रहेको समेत उनले बताए। ‘हामीले नेपालतको तर्फबाट कुटनीतिक नोट भारत सरकारलाई पठाएका थियौं,’ उनले भने, ‘त्यसको जबाफ आइसकेको छैन।’

उनले कालापानी–लिपुलेक क्षेत्र नेपालकै रहेको पनि प्रष्ट पारे। ‘महाकाली सन्धिमा महाकाली नदीको मुहानसम्म नेपालको भूभाग उल्लेख भएको छ,’ उनले भने, ‘महाकाली नदीको मुहान लिम्पियाधुरा हो, त्यसैले पनि कालापानी–लिपुलेक हाम्रो हो।’

फरक प्रसंगमा अध्यक्ष दाहालले चीन भ्रमण स्थागित गरेको बारे जानकारी गराउँदै भने, ‘चीन भ्रमण रद्द गरेको होइन, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगितमात्रै गरिएको हो।’

प्रकाशित: २० मंसिर २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App