सुर्खेत – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लामा जम्माजम्मी सय किलोमिटर सडक छ। यो सडकमा दैनिक ६० को हाराहारीमा साना तथा ठूला सवारीसाधन गुड्छन्। तर यहाँ न ट्राफिक प्रहरी छन्, न गाडी गुडाउनका लागि रुट परमिट नै। भर्खर ट्र्याक खुल्दै गरेका ती सडकमा पछिल्लो पाँच महिनामा तीनवटा दुर्घटना भए। यी दुर्घटनामा परी १५ जनाको मृत्यु भइसकेको छ।
२०७६ असार ३ गते खार्पुनाथ गाउँपालिकामा बोलेरो जिप कर्णाली नदीमा खस्यो, जसमा परी गाउँपालिका उपाध्यक्षसहित ११ जनाको मृत्यु भयो। बुधबार डाँडालाग्नामा टिपर दुर्घटना भयो, जसमा चार जनाको मृत्यु भयो भने १५ जना घाइते भए। सडक सञ्जालले नजोडिएकाले घाइतेलाई २० घण्टापछि बिहीबार बिहान उद्दार गरेर नेपालगञ्ज मेडिकल कलेज पु-याइयो।
चीनसँग सीमा जोडिएको हिल्सादेखि हुम्ला सदरमुकाम सिमीकोटसम्मको ९४ किलोमिटर मध्ये ८४ किलोमिटर सडक खनिएको छ। सदरमुकाम सिमीकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म पाँच किलोमिटर सडक सञ्चालनमा छ। सर्केगाट गाउँपालिकादेखि चंखेलीको सत्तीसल्लासम्म ११ किलोमिटर सडक छ।
प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले राष्ट्रिय सडक सञ्जालसँग नजोडिए पनि यातायातका साधनहरू सञ्चालन भइराखेकाले ट्राफिक प्रहरी कार्यालय र आवश्यक जनशक्ति राख्नुपर्ने बताइन्। ‘६० भन्दा धेरै ठूला तथा साना सवारीसाधन सञ्चालनमा छन्, तिनका चालकले ट्राफिक नियम पालना गरेका छन्–छैनन् हेर्नका लागि ट्राफिक प्रहरी कार्यालय र जनशक्ति आवश्यक छ,’ उनले भनिन्, ‘ट्राफिक भइदिएको भए छोटो समयमै यति धेरै दुर्घटना हुने थिएनन्।’
‘राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले हुम्लामा हाम्रो उपस्थिति छैन्,’ कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवले भने, ‘जिल्लाभित्र चल्ने साना तथा ठूला सवारीका बारेमा हामीलाई औपचारिक कुनै जानकारी छैन्।’ उनले पछिल्लो पाँच महिनामा तीनवटा दुर्घटना हुनुका साथै जनधनको ठूलो क्षति भइसकेकाले ट्राफिक प्रहरी कार्यालय र दरबन्दी राख्नुपर्ने आवश्यकता औंल्याए। उनले दुर्घटना बढ्दै गएकाले हुम्लामा ट्राफिक प्रहरी कार्यालय स्थापना गर्ने विषयमा छलफल भइरहेको बताए।
सेनाको हेलिकोप्टरबाट उद्धार
हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट ढुवानीको सामान बोकेर सदरमुकाम सिमीकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको ट्रिपर दुर्घटना भएको २० घण्टापछि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरले घाइतेहरूको बिहीबार उद्दार गरेर नेपालगञ्ज पु-यायो। सो दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।
नाम्खा गाउँपालिका–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ, सिमकोट गाउँपालिका–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, नर सुनार, खार्पुनाथ गाउँपालिका–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का अंग फडेरा र चालक आनन्द तामाङलाई उद्दार गरेर नेपालगञ्ज ल्याइएको हो।
टिपर दुर्घटनामा चारजनाको मृत्यु र १५ जना घाइते भएपछि सिंगो हुम्ला शोकमा छ। जिल्ला अस्पतालबाट निवृत्त भएका वक्त रोकाया, हिल्सा–सिमीकोट सडक खण्डका प्राविधिक बबरजंग शाही र नाम्खा गाउँपालिकाका छिरिङकर्मा लामा र नरी लामाको मृत्यु भएपछि बिहीबार विद्यालयसमेत बन्द भयो। घाइतेको उपचारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाले एक लाख नगद सहयोग गरेको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले १० हजार प्रदान गरेका छन्। उनले घाइतेको उपचारमा लाग्ने खर्च कर्णाली प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत