१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलाडी र व्यवस्थापकका लागि ४ सय यातायात

काठमाडौं -  दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडी, व्यवस्थापक र  सेभ दी मिसनका लागि करिब ४ सय यातायातको प्रयोग हुने यातायात व्यवस्थापन समितिले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यसमेत रहेका यातायात व्यवस्था समितिका संयोजक अर्जुनबहादुर केसीले स्वदेशी तथा विदेशी खेलाडीको  सहज यातायात प्रबन्ध मिलाउन लागि परेको र खेलाडीहरूले कुनेै समस्या भोग्न नपर्ने दाबी गरे।

‘आइतबारबाटै सेभ दी मिसन,केही खेलका खेलाडी र व्यस्थापक आउने क्रम सुरु भएको छ,’ केसीले भने, ‘साग खेल नजिकिएसँगै खेलाडीहरू आउने क्रम बढेको छ। हाम्रो प्रमुख जिम्मेवारी भनेको खेलाडीलाई विमानस्थलबाट होटलसम्म, होटलबाट अभ्यासस्थल र खेलस्थलसम्म सुरक्षित र सुलभ रुपमा लाने हो। त्यसका लागि हामी महानगरिय ट्राफिक प्रहरीसँगको समन्वयनमा कार्ययोजना बनाइरहेका छांै। उनीहरूलाई स्कर्टिङमार्फत खेलस्थलसम्म पु-याइनेछ।’

केसीले अधिकांश खेलाडीहरूलाई ठमेल आसपासका होटलमा राखिएको, केहीलाई बुढानीलकण्ठ, गोदावरी, बौद्ध एरियाका होटलमा राखिएको र उनीहरूलाई यातायातको व्यस्थापन पनि सोहीअनुसार गरिएको बताए। ‘हामीले भिभिआइपीलाई व्यक्तिगत गाडी प्रयोग गर्न दिएका छांै। जुन साग अवधिभरका लागि कायम रहने छ,’ केसीले भने, ‘खेलाडी,प्रशिक्षक र व्यस्थापकका लागि भने हामी सटर बसको प्रयोग गर्नेछांै। यो हाम्रो प्रतिष्ठासँग जोडिएको विषय हो। म पनि एउटा खेलाडी भएको नाताले विदेशमा यातायातको समस्या हुँदा खेलाडी आत्तिने कुरामा जानकार छृु। सागमा सहभागी कुनै पनि खेलाडीले यो समस्या भोग्नु पर्नेछैन।’

‘हामीले टेन्डर मार्फत ४ वटा कम्पनीलाई साग अवधिभर यातायातको जिम्मेवारी दिएका छौं। एउटा कम्पनीलाई मात्र दिँदा समस्या आउँछ भनेर यसो गरिएको हो,’ केसीले भने, ‘त्यसका लागि बस, कार, माइक्रो बस गरी ४ सय यातायातको प्रयोग हुन्छ। पोखरामा आयोजना हुने खेलको हकमा भने हामी यहाँबाट खेलाडीहरुलाई त्यहाँसम्म पु¥याउनेछांै। त्यसका लागि करिब ७० वटा बसको व्यवस्था गरिएको छ। पोखारामा यायातात व्यवस्था हेर्ने छुटटै कमिटी छ। त्यहाँ उनीहरूले जिम्मेवारी सम्हाल्नेछन्। जनकपुरमा कुस्तीको मात्र खेल हुनेछ। त्यहाँ ७ वटा बसको व्यस्था गरिएको छ।

सागमा सहभागी हुन आउने विदेशी खेलाडीलाई लिन जाने यातायातलाई पार्किङको छुट्टै व्यवस्था गरिएकाले त्यस क्षेत्रमा पनि यातायात व्यवस्थापन थप सहज हुने केसीको विश्वास छ। ‘सागका लागि गठित सुरक्षा समितिको संयोजकमा नेपाल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल हुनुहुन्छ, जो यसअघि आफै महानगरिय ट्राफिक प्रमुख हुनुहुन्थ्यो,’ केसीले भने, ‘त्यसैले यातायात व्यस्थापनमा उहाँले पूर्ण रूपमा सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु। प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको पनि सहभागिता हुन्छ। त्यसैले यातायात व्यवस्थापनमा पक्कै केही कठिनाइ हुन्छ। त्यसका लागि हामी विभिन्न विकल्पका बारेमा समेत छलफल गरिरहेका छौं।’

अधिकांश खेलाडीहरूलाई ठमेल आसपासका होटलमा राखिएको, केहीलाई बुढानीलकण्ठ, गोदावरी, बौद्ध एरियाका होटलमा राखिएको र उनीहरूलाई यातायातको व्यस्थापन पनि सोहीअनुसार गरिएको छ।

प्रकाशित: १२ मंसिर २०७६ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App