१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध ढुंगा-गिट्टी निकाल्ने २७ ट्रिपर नियन्त्रणमा

नवलपरासी–अवैध रुपमा गिट्टी-ढुंगा संकलन गरेको आरोपमा नवलपरासी जिल्ला विकास समितिले शनिबार २७ वटा ट्रिपर नियन्त्रणमा लिएको छ ।

स्वीकृति नै नदिएको खोलाबाट गिट्टी-ढुंगा निकालेको भन्ने जनगुनासो आएको आधारमा जिविसका स्थानीय विकास अधिकारी (एलडीओ) सहितको टोलीले जिल्लाका विभिन्न खोलाहरुको अनुगमन गरेको थियो ।

‘नवलपरासी जिविसले उत्खननको लागि दाउन्ने पश्च्मिको एउटा खोलामा मात्रै ठेक्का लगाएको छ । तर दाउन्ने पूर्वको कावासोतीको केरुङ्गे खोलामा दिनहु धेरै मात्रामा गिट्टी निकालेको भन्ने गुनासो आएपछि आज अनुगमनमा गएका थियौं’ एलडीओ जिवलाल भुषालले भने । केरुङ्गे खोलाबाट मात्रै टोलीले २७ वटा ट्रिपर, तीनवटा जेसीभी र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका सबै ट्रिपर इलाका प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । तीन वर्षअघि गिट्टी ढुंगा निकाल्ने ठेक्का पाएको सम्वृद्धि निर्माण सेवाको नाममा गिट्टी ढुंगा निकालेर बेच्दै आएको पत्ता लागेको एलडीओ भुषालले जानकारी दिए । गिट्टी निकाल्ने कार्यमा संलग्न व्यक्तिहरुले पहिले निकालेको गिट्टी अहिले बेचेको बताएका छन् ।

 

प्रकाशित: २५ मंसिर २०७३ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App