१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आन्तरिक प्रतिस्पर्धा गर्नै मौका दिनुपर्ने भन्दै राहत शिक्षक फेरी आन्दोलित

डडेल्धुरा- सरकारले आन्तरिक प्रतिसपर्धा गर्ने मौका दिनुपर्ने भन्दै नेपाल राहत शिक्षकहरुले फेरी आन्दोलन गर्ने भएका छन्। अस्थायी शिक्षकलाई जसरी लोकसेवमा आन्तरिक रुपमा प्रतिसपर्धा गराई स्थायी गर्नुपर्ने भन्दै राहत शिक्षकहरुले आन्दोलन गर्ने भएका हुन्।

पटक पटक गरिएका आन्दोलनबाट केही उपलब्धि भएको उल्लेख गर्दै राहत शिक्षक कोटामा अध्यापन गराई रहेका शिक्षकहरुले फेरी पनि सरकाले एउटा मौका दिनुपर्ने मागसहित आन्दोलनको तयारी गरेका छन्। आन्तरिक रुपमा प्रतिसपर्धाको मौका दिई स्थायी गर्नुपर्ने माग राख्दै नेपाल राहत शिक्षक समितीले मंसिर २२ गतेदेखि आन्दोलन गर्ने राहत शिक्षक समितीका भागेश्वर गाउँपालिका अध्यक्ष रमेश प्रशाद भण्डारीले बताए।

शिक्षकका दरबन्दी पुर्ती नभएका विद्यालयहरुमा अध्यापन गराउन २०५८ साल देखि नेपाल सरकारले राहत कोटामा शिक्षक नियुक्त गरेको थियो। शैक्षिक योग्यता पुगेका तर लोकसेवामा नाम निकाल्न असफल भएकाहरु राहत कोटामा शिक्षण गर्दै आएका शिक्षक देश भरमा ४० हजार छन्। डडेल्धुरामा आधारभुत, मावि तहमा गरी करिब पाँच सयले राहत कोटामा शिक्षण गरि रहेका छन्।

हामीले सिधै स्थायी गरिनु पर्ने भनेका छैनौ। नेपाल राहत शिक्षक समिती भागेश्वर अध्यक्ष भण्डारीले भने, 'हामीमा क्षमता छ। एउटा प्रक्रियामा गएर अलिकती सहुलियतका कुराहरु माग गरेका छौ। कतिपय सरहरु २० बर्षदेखि राहतमा शिक्षण गरिरहनु भएको छ। अस्थायी शिक्षकलाई जसरी आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गराइयो। त्यो प्रक्रिया सरकारले हामीलाई पनि गराई एउटा मौकादिओस्' भन्ने माग रहेको उनले बताए।

शिक्षा ऐनमा नभएका बुंदा आन्दोलनपछि थपिएको बताउदै उनले राहत शिक्षकलाई पनि प्रत्येक बर्ष अन्तरवार्तामा कार्य अनुभव वापत एक नं. दिने भन्ने सम्झौता सरकारसंग भएको थियो। त्यो कार्यान्वयन भयो। तर दोस्रो पटक आन्तरिक प्रतिस्पर्धा खोल्ने कुरासम्म चले पनि सरकार परिवर्तन भएपछि यसो हुन नसकेको उनको भनाइ छ।

एउटा सरकारले बनाएका योजना अर्काे सरकारले कार्वान्वयन नगर्ने। आफ्नो ईच्छाअनुसार गर्ने भएकोले राहत शिक्षक आन्तरिक प्रतिस्पर्धाको मौका दिनुपर्ने माग राखी पुनः आन्दोलनमा उत्रने उनले बताए।

नेपाल राहत शिक्षक समती भागेश्वर गाउँपालिका अध्यक्ष स्थायी शिक्षकको दरबन्दीमा नाम निकाल्न सफल भएपछि शुक्रबार मात्रै भण्डारी अध्यक्ष चुनिएका हुन्। राहत शिक्षक समती सुदूरपश्चिम प्रदेश सदस्य भोजराज पन्तको उपस्तिीमा भण्डारीलाई अध्यक्षमा चयन गर्दै नौ जना पदाधीकारी रहने गरी नँया समिती चयन गरिएको हो।

उपाध्यक्षमा शिवसिंह ठकुरी, महिला उपाध्यक्ष निलु चटौत, सचिव अर्थ प्रकाश बोहरा, सचिव सुरत सावद रहेका छन् भने सदस्यहरुमा निर्मला बम शाही, बाग्मती पाण्डेय गिरी र सारदा पन्त छन्।

 

प्रकाशित: ७ मंसिर २०७६ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App