१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसको उजुरी

अर्घाखाँची- जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपाले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ। सत्ताको आडमा नेकपाले आचारसंहिता र सहमती पालना नगरेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ।

निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को मर्म विपरित, आचारसंहिताको नियम ३ को उपनियम ‘ख’ विपरित नेकपाले कार्य गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

गाउँपालिकाको रकमको चरम दुरुपयोग गरि गाउँपालिकाका जनप्रतिनिधि, संघिय तथा प्रदेश सांसदहरुको उपस्थितिमा मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने उदेश्यले गैरकानूनी तरिकाले डोजर सञ्चालन गर्ने, विभिन्न योजनाहरु वितरण गर्ने, योजनाका आश्वासन दिने कार्य गरेको उजुरीपत्रमा उल्लेख छ।

त्यस्तै आचारसंहिताको नियम ५ को उपनियम ख १ को मर्म विपरित प्रचार प्रसारको क्रममा सरकारी स्रोत–साधनको चरम दुरुपयोग गरेको र यो आचारसंहिता विपरित रहेको भन्दै नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला उपसभापति शान्ता भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दर्ता गराईन्।

उजुरी दर्ताको बोधार्थ निर्वाचन आयोगको केन्द्रिय कार्यलय काठमाण्डौ, जिल्ला प्रशासन कार्यलय अर्घाखाँची, जिल्ला प्रहरी कार्यलय अर्घाखाँची र नेपाली कांग्रेस केन्द्रिय कार्यलय काठमाण्डौमा समेत दिएको जिल्ला उपसभापति शान्ता भण्डारीले जानकारी दिईन्।

‘सत्ताको आडमा मनपरी भएको छ, उनले भनिन्,‘ स्वच्छ प्रतिस्पर्धा गर्न नसक्नेले, के स्वच्छ विकास गर्ला ?’ यो घटना पहिलो नभएको भन्दै उनले मनपरी गर्ने विषय कुनै नौलो भने नरहेको बताइन्।

मालारानी गाउँपालिकाको वडा नम्वर–३ खनदहमा वडा अध्यक्ष पदकोलागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपावाट रणवहादुर खनालको उम्मेद्धारी परेकोे छ।

 

प्रकाशित: ६ मंसिर २०७६ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App