१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘फुइतफुइत’ र ‘टुडे’ नृत्य कला सम्पन्न

काठमाडौं – राजधानीमा कम्पाग्नी ७२७३ नामक स्विस नृत्य संस्थाले नृत्यकला प्रस्तुत गरेको छ। सो संस्थाले ‘फुइतफुइत’ नृत्य कार्यशाला र ‘टुडे’ नामक एकल नृत्यकला प्रस्तुत गरेको थियो।

नृत्य आँगनको आयोजना मंगलबार झम्सिखेलस्थित ज्ञानमण्डलमा ‘फुइतफुइत’ कार्यशाला सम्पन्न भएको थियो। सो संस्थाका कोरियोग्राफरद्वय लरेन्स यादी र निकोलस कान्तिलोनले कार्यशालामा प्रशिक्षण दिएका थिए।

‘फुइतफुइत नामक नृत्य अरबी संगीतको साधना मकामबाट प्रभावित रहेको छ, ’ आयोजक नृत्य आँगनकी प्रमुख सुबिमा श्रेष्ठले भनिन्। फुइतफुइत शैलीमा नृत्य गर्दा शरीरका अंग शरीरमा तरंग पैदा हुने जानकारी उनले गराइन्।

त्यस्तै टुडे नृत्यकलामा कोरियोग्राफर लरेन्स यादीले एकल नृत्य प्रस्तुत गरेकी थिइन्। अनामनगरस्थित मण्डला थिएटरमा आयोजित सो नृत्यकलामा कोरियोग्राफर यादीले संगीतको विभिन्न भावमा नृत्य प्रस्तुत गरेकी थिइन्।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App