१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डिएसपी शाहीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – प्रहरी आचरणविपरीत गतिविधिमा संलग्न भएको भन्दै बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीमाथि छानबिन गरिने भएको छ।

प्रदेश ५ प्रहरी कार्यालयले शाहीमाथि छानबिन गर्न आइतबार बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

हातहतियार नियन्त्रणमा लिएको अडियो–भिडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन गर्न समिति गठन गरिएको हो। यस्तै, प्रहरी प्रधान कार्यालयले एसएसपी उमेश जोशीको नेतृत्वमा समिति गठन गर्ने तयारी गरेको जनाएको छ।

तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित नियन्त्रणमा लिएपछि उनी विवादमा मुछिएका थिए। तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका हुन्। उनले प्रहरी आचरणविपरीत र वडाभोजका लागि खसी–बोका माग्नेको आरोप स्थानीय र तरुण दलका नेताले लगाएका थिए।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App