७ वैशाख २०८१ शुक्रबार
नागरिक खोज

टिप्पणी नगर्न अख्तियारको चेतावनी

काठमाडौं—भ्रष्टाचारको विषयमा छानबिन गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्रष्टाचारका विषयमा आयोगलाई जोडेर टीकाटिप्पणी नगर्न’ चेतावनी दिएको छ। विभिन्न सञ्चारमाध्यमले आख्तियारको भूमिकामाथि टिप्पणी गर्न थालेपछि अख्तियारले यस्तो चेतावनी दिएको हो। 

‘हालसालै विभिन्न सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालबाट समेत खास गरेर नेपाल आयल निगमको जग्गा खरिद, सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषय, केही स्वास्थ्य संस्थाको सम्बन्धनको विषय, साझा प्रकाशनमा भएको भ्रष्टाचार आदिमा जनचासो अभिव्यक्त भएको देखिन्छ, जुन स्वाभाविक हो’, विज्ञप्तिमा भनिएको छ, ‘तथापि विभिन्न माध्यमबाट सम्प्रेषित समाचारमा उल्लेख गरिएका केही मनोगत र लाञ्छनायुक्त अभिव्यक्तिप्रति भने आयोगको आपत्ति छ।’

‘आयोगका कामकारबाही आलोचनाको विषय बन्नु हाम्रा लागि दुःखद् अनुभूति हो ’, आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ। आयोगको अनुसन्धानसम्बन्धी कार्यलाई लिएर विभिन्न टीकाटिप्पणी हुनु शोभनीय नभएको विज्ञप्तिमा उल्लेख छ। साथै आयोगको कामकारबाहीमाथि प्रश्न उठाउँदा भ्रष्टाचारीकै मनोबल बढ्ने पनि आयोगको भनाइ छ । अरूको कार्यसम्पादनलाई लक्षित गरी दोषारोपण गर्नुभन्दा आफ्नो जिम्मेवारी र दायित्व कुन हदसम्म निर्वाह भएको छ भन्ने सबैले मनन गर्नु जरुरी भएको औंल्याउँदै अख्तियारले विज्ञप्तिमार्फत भनेको छ, ‘मिडियामा अभिव्यक्त नकारात्मक टीका÷टिप्पणी र आरोप÷प्रत्यारोपप्रति आयोग खेद प्रकट गर्दछ।’

भ्रष्टाचारका विषयमा देखिएको जनचासोलाई अख्तियारले स्वाभाविक भएको जनाएको छ। ‘हालसालै विभिन्न सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालबाट समेत खास गरेर नेपाल आयल निगमको जग्गा खरिद, सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषय, केही स्वास्थ्य संस्थाको सम्बन्धनको विषय, साझा प्रकाशनमा भएको भ्रष्टाचार आदिमा जनचासो अभिव्यक्त भएको देखिन्छ, जुन स्वाभाविक हो’, विज्ञप्तिमा भनिएको छ, ‘तथापि विभिन्न माध्यमबाट सम्प्रेषित समाचारमा उल्लेख गरिएका केही मनोगत र लाञ्छनायुक्त अभिव्यक्तिप्रति भने आयोगको आपत्ति छ।’

सबैले आआफ्नो तहबाट जिम्मेवारी निर्वाह गर्ने हो भने भ्रष्टाचार न्यूनीकरण हुने अख्तियारले जनाएको छ । ‘आयोग कसैको आग्रह–पूर्वाग्रहबाट निर्देशित छैन,’ विज्ञप्तिमा भनिएको छ । भ्रष्टाचारजस्तो गम्भीर अपराधको अनुसन्धानसम्बन्धी कार्य जटिल हुने आयोगले स्पष्ट पारेको छ । अनुसन्धान शीघ्र नतिजामा पु¥याउने प्रयत्न गर्दागर्दै पनि कतिपय अवस्थामा जनअपेक्षाअनुरूप तत्कालै नतिजा देखिन नसक्ने अख्तियारले जनाएको छ।

सार्वजनिक सरोकार र चासोका जुनसुकै विषयमा छानबिन र अनुसन्धान गर्न आयोग पछि नहट्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ ।

 

प्रकाशित: २६ भाद्र २०७४ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App