८ वैशाख २०८१ शनिबार
नागरिक खोज

आयल निगममा नीतिगत भ्रष्टाचार : राज्यमन्त्री रज्जाक

भैरहवा- खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल आयल निगमले रुपन्देहीमा जग्गा खरिद गर्दा कागजी प्रक्रिया मिलाएर नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री रज्जाकले सरकारी स्वामित्वको निगमले भूमाफियासँगको मिलेमतोमा करोडौं रुपैयाँ कुम्ल्याउन जग्गा अधिग्रहण प्रक्रियामै नगई टेन्डरमार्फत जग्गा खरिद गरेको बताए ।

निगमले जग्गा खरिदका लागि सुरुदेखि नै गलत प्रक्रिया अपनाएको बताउँदै राज्यमन्त्री रज्जाकले भने, ‘बढो चलाखीपूर्ण ढंगबाट नीतिगत भ्रष्टाचार गरी करोडौं कुम्ल्याएको  कसैसामु लुकेको छैन । त्यसैले यसको निष्पक्ष छानबिन गरिनुपर्छ ।’

दलालमार्फत चलनचल्तीको भन्दा उच्च मूल्यमा जग्गा खरिद गर्दा राज्यले करोडौं रुपैयाँ नोक्सानी बेहोरेको भन्दै उनले छानबिन टोलीले सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग सुरुदेखि राख्दै आएको बताए । दोषीलाई जसरी पनि कारबाही दायरामा ल्याउन आफ्नो पहल जारी रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

आफू खानेपानी तथा सरसफाइ राज्यमन्त्री भए पनि रुपन्देहीवासीले जिताएर पठाएको सांसदसमेत भएकाले निगमले रुपन्देहीमा जग्गा खरिदमा गरेको भ्रष्टाचार प्रकरणका सम्बन्धमा निरन्तर आवाज उठाउने उनले बताए ।

मन्त्रीभएपछि पहिलोपटक गृह जिल्ला आएका रज्जाकले स्वच्छ र सफा खानेपानी सबैलाई उपलब्ध गराउन सरकारले सरसफाइ तथा खानेपानीमा गर्ने लगानी बढाउनुपर्ने पनि बताए ।

प्रकाशित: १९ भाद्र २०७४ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App