१४ चैत्र २०८२ शनिबार
image/svg+xml
मुख्य समाचार

कुलबहादुर नयाँ प्रधानसेनापति

  • सर्वसत्तावादको अभ्यासः कांग्रेस
  • नागरिक सर्वोच्ताको अन्तिम विकल्प
रुद्र खड्का, नेपालगन्ज ७ वैशाख- माओवादीका वरिष्ठ नेता तथा अर्थमन्त्री बाबुराम भट्टराईले प्रधानसेनापति रुक्माङ्गत कट्वाललाई अन्तिम मौकाको लागि सरकारले २४ घण्टे स्पस्टीकरण सोधेको बताएका छन्। 'उनले जननिर्वाचित सरकारका हरेक कदमलाई असहयोग गरिरहेकाले अन्तिम मौका दिइएको हो', कालिकोटको भ्रमणपछि काठमाडौ फर्कने क्रममा सोमबार नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने,' पदमा रहने वा नरहने कस्तो जवाफ आउँछ त्यसैमा भर पर्छ। चित्तबुझ्दो जवाफ नआए कट्वाललाई सरकारले हटाउँछ', उनले भने,'सरकारलाई अटेर गर्ने एकाध जनरलमध्ये कट्वाल प्रमुख हुन्।‘

पुरातन र यथास्थितिवादी शक्तिले एकाध व्यक्तिलाई उकासेर सरकारलाई अप्ठ्यारो पारी शान्ति प्रक्रिया नै बर्वाद पार्न खोजेका कारण जनताले सरकारलाई सहयोग गर्न पनि भट्टराईले आग्रह गरे।

अहिलेको प्रमुख काम शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु तथा संविधान निर्माण गर्नु रहेको उल्लेख गर्दै अर्थमन्त्रीले हिजो दरवारको वरिपरि रहेका ब्यक्ति र दल यथास्थितीवादी र पुरातनवादी भएको आरोप लगाए।

‘उनीहरुको मुखले गणतन्त्र मानेको देखिएपनि मनमा गणतन्त्र स्वीकार गरी नसेकॊ अवस्था छ भट्टराईले भने, ‘यिनै शक्ति र यिनैको उक्साहटमा एकाध शक्तिबाट सरकारलाई खतरा देखिएका कारण सर्तक हुन खोजिएको हो।‘

प्रधान सेनापतिप्रति लक्षित गर्दै हरेक पल्ट जननिर्वाचित सरकारलाई अटेर गरिरहेको आरोप लगाएका भट्टराईको अभिव्यक्तिबाट कट्वालको पदावधि थप्ने सम्भावना कम देखिन्थ्यो।

प्रकाशित: ७ वैशाख २०६६ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App