गृह मन्त्रालयको तथ्यांकअनुसार मानवीय क्षति पुर्याउने प्रकोपमा चट्याङ पा"चौं स्थानमा पर्छ। यसले हरेक वर्ष सयजनाभन्दा बढी सर्वसाधारणको ज्यान लिइरहेको छ। पशुचौपाया पनि सयौं मर्छन्। भौतिक क्षति गनिसाध्य छैन।
चट्याङबाट बच्ने उपाय नभएको होइन। त्यसबारे धेरै सर्वसाधारण भने अनभिज्ञ छन्। यसले क्षतिको मात्रा बढ्दो छ। विकसित मुलुकहरूले चट्याङ पूर्वानुमान गर्ने प्रविधि विकास गरिसकेकाले क्षति कम गर्न सफल छन्। नेपालमा भने मौसम राडार नभएकाले पूर्वानुमान गर्न नसकेको मौसमविद्हरू बताउ"छन्।
वैशाखदेखि अहिलेसम्म चट्याङबाट १ सय १० जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ। यही अवधिमा १ सय ९७ जना घाइते भएका छन्। पाँच सयभन्दा बढी पशुचौपाया मरेका छन्।
अघिल्लो वर्षको तथ्यांक झन् डरलाग्दो छ। चट्याङले एक सय ३१ जनाको ज्यान लिएको थियो भने २ सय ३२ जना घाइते भएका थिए। मरेका पशुचौपायाको संख्या २ सय ६२ थियो। त्यस्तै, २०६८ मा १ सय ३ जनाको मृत्यु, २ सय ९३ घाइते र ८८ पशुचौपाया मरेका थिए।
सन् २०१० मा प्रकाशित दैवी प्रकोपको तथ्यांक विश्लेषणसम्बन्धी प्रतिवेदनअनुसार सन् १९७१ देखि २०१० बीचको चार दशक अवधिमा हुरीबतास र चट्याङबाट करिब एक हजारको मृत्यु भएको छ। झन्डै दुई हजार घाइते भए। त्यसको तुलनामा पछिल्ला तीन वर्षमा मानवीय क्षति ह्वात्तै बढेको देखिन्छ।
गृह मन्त्रालय विपद अध्ययन अनुसन्धान शाखाका उपसचिव रुद्रप्रसाद खड्का नेपालमा चट्याङको क्षति विकराल भएको बताउँछन्। 'धेरै मान्छेको ज्यान लिने विपदहरूमा पर्छ चट्याङ,' उनले भने।
जल तथा मौसम विज्ञान विभागका पूर्व उप–महानिर्देशक तथा वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार गर्मी याम सुरु भएपछि मनसुन सुरु हुनुपूर्व धेरै चट्याङ पर्छन्। विशेषगरी चैत दोस्रो सातादेखि मनसुन सुरु नहु"दासम्म बढी चट्याङ पर्ने गरेको उनले बताए। सबैभन्दा बढी चट्याङ पर्ने प्रारम्भिक मनसुन सुरु भएपछि नै हो।
चट्याङ एक किसिमको बिजुलीको धार हो। यो वायुमण्डलमा देखापर्छ। वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ। यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ। कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरुन्तै मृत्यु हुन्छ।
'बिजुली चम्किने बेला वायुमण्डलको तापक्रम एक्कासि बढ्छ। ताप बढेर ३० हजार डिग्री सेल्सियस र त्योभन्दा बढी पुग्न सक्छ,' शाक्यले नागरिकसँग भने, 'ताप बढेपछि आयातन बढ्छ, जसले विस्फोटनको आवाज निस्किन्छ। यही आवाजलाई मेघ गर्जन भनिन्छ।'
उनका अनुसार 'क्युमलोनिम्बस' नामको बादल निर्माण हुनेबेला चट्याङ देखा पर्छ। यो बादलको स्वरुप कालो र बाक्लो हुन्छ। बादलभित्र हावा तलमाथि भइरहन्छ। त्यही बादलभित्र रहेका पानीका थोपा, बरफ, असिना र हिउ"बीच आपसमा घस्रण हुन थाल्छ। यसले बादलभित्र धनात्मक र ऋणात्मक चार्ज विकास हुन्छ। बादलभित्र विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण हो।
'सुरुसुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ। यस्तो चट्याङबाट मानवीय क्षति हुँदैन। तर जब आकाशमा छिटोछिटो बिजुली चम्कने र क्षणक्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ, चट्याङको डर बढ्दै जान्छ,' शाक्यले भने, 'यस्तो बेला हुरीबतास चल्यो र पानी पर्यो भने क्षति हुने खतरा बढी हुन्छ। बादलबाट निस्कने हुरीबतास र वर्षा स"गस"गै करेन्टको धार पनि आकाशबाट पृथ्वीतिर प्रवाहित हुन्छ।'
चट्याङबाट कसरी बच्ने?
यस्तो बेला पानीमा भिज्ने व्यक्ति वा प्राणीलाई करेन्ट लाग्ने सम्भावना धेरै हुने शाक्यले बताए। करेन्ट लाग्यो भने मानिसको मृत्यु पनि हुनसक्छ। 'हुरीबतासस"गै चट्याङ परेका बेला बाहिर निस्कनु खतरनाक हुन्छ,' चट्याङबाट बच्ने उपाय सुझाउँदै उनी भन्छन्, 'पानी रोकिएपछि त्यो डर हुँदैन।'
विद्युतीय धार आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकाले पहाडको उच्च भागमा चट्याङ पर्ने सम्भावना बढी हुन्छ। उच्च स्थानमा निर्मित घर, टहरा, गोठ बढी निशानामा पर्ने शाक्य बताउँछन्। रुखमा पनि चट्याङ पर्ने सम्भावना धेरै हुन्छ। 'चट्याङ पर्दा रुखमुनि ओत लिनु सबैभन्दा खतरनाक हो, बिजुलीको खम्बामुनि पनि बस्नुहुन्न,' उनले भने।
यस्तो बेला खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुंगा चलाउनु पनि जोखिमपूर्ण हुने शाक्यको भनाइ छ। 'विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुने भएकाले त्यस्ता वस्तु लिएर हिँडनु जोखिमपूर्ण हुन्छ,' उनले भने।
विज्ञहरूका अनुसार यसबाट बच्ने सबैभन्दा उत्तम उपाय घरबाट बाहिर ननिस्किनु नै हो। पक्की घर र छानामा 'लाइटनिङ एरेस्टर' लगाएको घर निर्माण गर्नुपर्छ। गाडीभित्र छ भने ‰यालढोका बन्द गरेर बस्नुपर्छ। मोटरको टायरले विद्युतीय धारलाई भू–सतहस"गको संसर्गबाट अलग्याइदिने भएकाले चट्याङले असर पार्न सक्दैन।
'चट्याङ पर्ने बेला सहारा लिने स्थान नपाइए घुँडाले टेकेर हात टाउकोमाथि राखेर निहुरिएर बस्नु उचित मानिन्छ। तर भुइँमा लम्पसार परेर सुत्नु हुँदैन,' शाक्यले भने, 'टेलिभिजन, एयरकन्डिसन वा बिजुलीका यान्त्रिक उपकरण चलाउनु पनि खतरनाक हुन्छ।'
विकसित मुलुकले मौसम राडारको प्रयोगबाट चट्याङको पूर्वानुमान दिने गर्छन्। नेपालमा भने राडार राख्ने कुरा एक दशक अघिदेखि चल्दै आए पनि अहिलेसम्म राखिएको छैन। 'राडार नभएकाले चट्याङको पूर्वानुमान गर्न सकेका छैनौं,' त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले भने, 'राडार भयो भने पूर्वानुमान दिएर मानवीय तथा भौतिक क्षति कम गर्न सकिन्छ।'
उनका अनुसार राडारले वायुमण्डलमा रहने क्युमलोनिम्बस बादलको सम्पूर्ण विवरण उपलब्ध गराउ"छ। त्यसकै आधारमा चट्याङ पर्ने/नपर्ने र कहा"/कस्तो पर्ने भन्नेबारे पूर्वानुमान गर्न सकिन्छ। 'नेपाललगायत पहाडी भू–भाग भएका मुलुक चट्याङको उच्च जोखिममा छन्। यही महसुस गरेर सार्कस्तरीय मेट्रोलोजिकल रिसर्च सेन्टरले यहा"को चट्याङको अध्ययन गरिरहेको छ,' पौडेलले भने।
प्रकाशित: २० चैत्र २०७० १८:५८ बिहीबार





