‘परम्परागत इनारको संरक्षण गरिरहेका छौं’
२०५४ सालदेखि २०५९ सालसम्म पनि म यस वडाको वडाअध्यक्ष भएर जनताको सेवामा थिएँ। त्यो बेला पनि धेरै प्रयास गरी वडाको टुरिजम मार्केट नजिकैको ढुंगेधाराको निकास खोल्ने प्रयास गरेका थियौं। तर, सकिएन। यो पटक निर्वाचित भएदेखि नै हामीले पहिलो प्राथमिकता त्यसलाई दियौं र सफल पनि भयौं। यसबाहेक सपथ ग्रहणपछि वडाका नयाँ बस्तीका विभिन्न बाटोघाटो फराकिलो पार्ने, पुरानो बाटोमा ढुंगा छाप्ने लगायतका काम गर्यौं।

