१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

प्रकृति जोगाउन सगरमाथाको शिरमा पुगेका बाबु–छोराको कथा

पिके भन्छन्–‘मेरो जीवन प्रकृतिलाई समर्पण गरिसकेँ। जीवनको अन्तिम ‘प्राण’ रहुन्जेल प्रकृति जोगाउने ‘प्रण’ गरिरहन्छु।’ कुराकानीको मध्यतिर पिकेको मुहारमा बेला–बेला दुःखको विराट तस्बिर झल्किन्थ्यो तर, उनको अभिव्यक्तिमा आदम्य साहसले प्रस्ट हुन्थ्यो। र यसबाट बुझ्न सकिन्थ्यो–उनी थाकेका छैनन्, हारेका छैनन् ,अझै धेरै गर्न बाँकी छ। तर पिकेको मुहारमा उन्माद रंग थिएन। हिमालले फुटाएको गाला केही चिल्लिने क्रममा थियो।

‘हिमालको यात्रा बल्ल थाहा पाएँ’, प्रफुल्ल मुद्रामा सोनामले अनुभव सुनाउँदै भने, ‘मौसम छिन्–छिन् बदलिन्थ्यो। उडाउला जस्तै हावा चल्थ्यो। च्यालेन्ज थियो, तर खुशीको कुरा हामीले सगरमाथाको सफल आहरोण गर्याैँ।’ 

हिमाल आरोही पूर्णकुमार (पिके) शेर्पा र उनका १७ वर्षीय छोरा सोनम शेर्पाले गत जेठ १० गते बिहान ८ः५० बजे सगरमाथाको संगै सगरमाथको सफल आरोहरण गरे। किशोर उमेरमै आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर  स्थानमा पुग्ने उनी कान्छो आरोही पनि हुन्।  नेपाली आरोहणमा पिके बाबु–छोराले नयाँ कीर्तिमान पनि थपिदिएका छन्। 

पिके जलवायु परिवर्तनविरुद्ध सन्देश लिएर छोरासहित सातै महादेशको हिमाल आरोहण गर्दै छन्। संसारका मानिसहरुलाई सन्देश दिन सगरमाथा आरोहणमार्फत सुरू गरेका हुन्।  

‘जलवायु परिवर्तनका कारण जोखिममा परेका देशको सूचीमा नेपाल अगाडि आउँछ, समस्याको कारण हामी कम भए पनि पीडा हामीले बढी पाउँछौं’, सोनामले भने , ‘त्यसैले विश्वलाई झक्झकाउ नै पर्छ भनेर अठोट गरेका हौं।’  

‘यो अभियानले निकै महत्व बोकेको छ’, पिके भन्छन्, ‘हाम्रो व्यक्तिगत स्वार्थको लागि आरोहण गरेको होइन्। अभियनामा छोरा सोनामले आफ्नो पुस्ताको प्रतिनिधित्व गरेका छन्। पुस्तान्तरण लागि पनि छोरालाई पनि सहभागी गराएको हुँ।’  

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा बाल्यकाल विताएका पिके तीन दशक लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध छन्। कामकै सिलसिलामा उनले सगरमाथासँगै अन्य हिमालहरु पनि आरोहण गरेका छन्। उनले सन् २०१० र  २०११ मा सगरमाथाको सफल आरोहरण गरिसकेका छन्।  

पहिलो पटक हिमाल सफाइ अभियान चलाउने एक्लो अभियान्ता  हुन्, पिके। उनले २०१० मा हिमाल सफा गर्न एक्लै आँट कसेका थिए। व्यक्तिगत तथा संस्थागत पहलमा थुप्रै पटक हिमाल सफा गरिसकेका छन्, उनले।  

पिकले हिमाल सरसफाई गरेको सञ्चारमाध्यमा खासै चर्चा हुँदैनथ्यो। तर उनी हिमाल सफा गर्न र प्रकृति जोगाउन हरदम लागि रहे। उनी चुपचाप आफ्नै सपनाको बाटोमा ओहोदोहर गरिरहे। 

सोनामले बाबुको कामबारे बुझेका थिए ।  बुबाले हिमाल सरसफाइ र  प्रकृतिलाई गरेको प्रेम सोनामलाई तान्यो। अझ बाबुले घरमा प्रकृति र हिमालको गरिरहेका कुरा, बाबुको कामले उनको कलिलो दिमागमा प्रकृतिबारे चिन्ता प्रकट हुन थाल्यो ।

सोनामले पनि झन प्रकृतिबारे गम्भीर भएर सोच्न थाले। आफ्नो हिमालसँगको संगत र प्रकृतिबारे बुझेको ज्ञानलाई पुस्तान्तरण गर्नु पर्छ भन्ने लाग्यो पिकेलाई।  

बाबुको अभियानमा छोरा सोनाम पनि सहमत भए, त्यसपछि सगरमाथाको चुचुरोसम्मको यात्रा तय भयो।

‘लामो समय बुबाको हिमालसँगको संगत अनि जलवायु वरिवर्तनको प्रकृतिमा धेरै। यसलाई बृहत् रुपमा दिन पर्छ भन्ने महसुस भएर अभियान सुरु गरको हो’, सोनामले भने।  

यसपटकको आरोहण पिकेको लागि परक अनुभव भयो। उनी आफ्नै छोरासँग आरोहरणमा थिए। सोनाम पहिलोपटक सगरमाथाको आरोहरण थिए, त्यसैले उनका लागि नयाँ अनुभव त हुने नै भयो।  

पिकेले यात्राका क्रममा मनमा रहेको डर सुनाए। यात्रा थुप्रै आशंकाहरु उब्जेका थिए। अनेकन तर्कनाहरु आएका थिए, तर अठोट संकल्प गर्दै निरन्तर यात्रा गरे बाबु–छोराले।  

यात्राका लागि आवश्यक रकम र मार्गमा आउन सक्ने प्राकृतिक विपत्ति स्वाभाविक चिन्ताको विषय बनेको थियो, पिकेको लागि।  

आर्थिक जोहो गर्न नसक्दा र हिम आँधीसहितका प्राकृतिक विपत्ति आइलागेको अवस्थामा यात्रामा विराम गर्नु पर्ने पक्कै हुन्थ्यो। तर त्यो डरले आकार लिएन र उनीहरूले  यात्रा पूरा गरेरै छाडे।  

आरोहरणको मिति तय भएपछि सोनामले काठमाडौं प्रशिक्षण लिए। त्यसपछि सोनाम बुबा भन्दा ६ साताअघि सगरमाथा प्रस्थान गरे।  

त्यहाँको हावा पानीसँग अभस्त हुन अगाडि नै पठाएको हो।सोना बेसक्याम्प पुगेपछि मात्रै पिगे त्यहाँ पुगेका थिए।

आरोहरण क्रममा थुप्रै चुनौतीहरु सामना गर्नु पर्याे। चुनौतीका बावजुत पनि आरोहरण सफल गरे। आरोहण सफल भएपछि बाबु–छोरा दुवैले खुसी साटे। त्यसपछि आनन्दको सास फेरे।  

‘यात्रा कठिन थियो, तर उतिकै रोमाञ्चक पनि भयो  जस्तो सुकै परिस्थितिमा पनि हामीले एक अर्काेको साथ छोडेनौं। त्यहाँ जुनबेला जे पनि हुन सक्थ्यो। अन्ततः सगरमाथाको शिखर चुम्न सफल भयौं,’ सोनामले भने । 

यो अभियान सकिने कुनै निश्चित समय छैन्, उनीहरुको। एक दुई वर्ष पनि लाग्ने सक्ने पिके बताउँछन्। अहिले अभियानको लागि विभिन्न संघसंस्थाले साथ दिइरहेका छन्। एकल प्रयासले भने आरोहण सम्भव नहुने उनको अनुभव छ। यसका लागि सबै सहयोग आवश्यक पर्ने पिके  बताउँछन्।  

पिके–बाबु छोराको हिमालप्रतिको श्रद्धा र आरोहणप्रति आत्मविश्वास हेर्दा लाग्छ, सफल आरोहरण गर्दै जलवायु परिवर्तनविरुद्धको सन्देश विश्वमाझ पुर्याउन सफल हुनेछन् ।  

उनीहरुलाई शुभकामना ।

प्रकाशित: ५ असार २०७८ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App