२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

अमेरिकामा ३० भारतीय ट्रक ड्राइभर पक्राउ

अमेरिकामा तीस भारतीय ट्रक चालकहरूलाई पक्राउ गरिएको छ।

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। उनीहरूलाई चाँडै देश निकाला गरिने बताइएको छ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले मे ११ देखि १५ सम्म अपरेशन चेकमेटको एक भागको रूपमा एरिजोनामा ५२ जनालाई पक्राउ गरिएको बताएको छ। यी मध्ये ३६ जना ट्रक चालक, ३० जना भारतीय–अमेरिकी र बाँकी छ जना मेक्सिको, एल साल्भाडोर र रूसका थिए।

यी ट्रक चालकहरूसँग क्यालिफोर्निया, न्यूयोर्क, वाशिंगटन र भर्जिनिया जस्ता राज्यहरूबाट व्यावसायिक चालक अनुमतिपत्र प्राप्त गरेका पाइएको छ। धेरै जसोको जो वाइडेन प्रशासनको समयमा जारी गरिएको कार्य अनुमतिपत्र रहेकोले ती अहिले मान्य नहुने बताइएको छ।

अमेरिकाले पछिल्लो समय अमेरिकामा अवैध बसोबास गर्दै आएकाहरुलाई डिपोर्ट गरिरहेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App