१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

अब माइतीघरमात्र होइन सरकारी अड्डा र जनतामा जान्छौंः मिलन पाण्डे (भिडियो)

काठमाडौं– विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले आफ्नो पार्टी जनताका एजेण्डा बोकेर अघि बढ्ने बताएका छन्।

नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै अध्यक्ष पाण्डेले आफ्नो पार्टी माइतीघर मण्डलामा मात्र सीमित नहुने स्पष्ट पारे। ‘विवेकशील दलको नयाँ अध्याय नै यहीँ हो। अब हामी माइतीघर मण्डलामा मात्र होइन सरकारी कार्यालयमा जान्छौं। हाम्रा अभियान गाउँ गाउँ पुग्छन्। हामी नागरिकको मुद्दा लिएर चुलोचुलोमा पुग्छौं’, उनले भने।  

सरकारी कार्यालयमा विचौलियाको आतंक रहेको र सरकार मुकदर्शक भएको भन्दै यसका विरुद्ध पनि जनताका साथ अघि बढ्ने उनको भनाई छ। 

अध्यक्ष पाण्डेले विवेकशील दल सरकारमा आएपछि २०४६ सालपछिका सम्पूर्ण नेता र कर्मचारीको छानविन गर्ने प्रतिबद्धता दोहोर्याउँदै कारवाही गर्ने स्पष्ट पारे। ‘हामी अनुसन्धान गरेर कारवाही गर्छाैं, यो कुरामा स्पष्ट छौं’, उनले भने। 

अध्यक्ष पाण्डेले पार्टी र नेतालाई बलियो बनाउने भन्दा पनि राज्यका अंग बलियो बनाएर कानूनी राज कायम गर्नुपर्ने पनि जोड दिए। 

प्रकाशित: १३ कार्तिक २०७६ १५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App