८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

विद्युतमा भारतीय निर्भरता हट्दैछ, छिट्टै विदेशमा बिजुली बेच्छौंः कुलमान घिसिङ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर हुँदै गएको बताएका छन्।

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै निर्देशक घिसिङले आफूहरु चाँडै बिजुली बेच्ने अवस्थामा आउन लागेको बताए। उनले भारतसँगको परनिर्भरता पनि घट्दै गएको स्पष्ट पारे।  

१० वर्षमा १५ हजार मेघावाट उत्पादन गर्ने लक्ष्य स्मरण गर्दै घिसिङले भने, ‘१५ हजारको नारामा चाँडै नै बेच्ने अवस्थामा आउँदैछौं। भारतसँगको निर्भरता अन्त्य हुन्छ।’ 

घिसिङले आफू आन्तरिक सुधारको अभियानमा रहेको पनि स्पष्ट पारे। काठमाडौंमा छरिएका यत्रतत्र तारहरु हटाउने क्रम जारी रहेको र सडक विस्तार तथा खानेपानी पाइपलाइनका केही समस्या भएको उनको भनाई छ। 

स्मार्ट विलिङ काठमाडौंमा सुरु भइरहेको र देशभरी कार्यान्वयनमा लगिने घिसिङले जानकारी गराए। उनले विद्युतीय सवारी सञ्चालनका लागि देशैभरी चार्जिङ स्टेशनहरु स्थापना गर्ने कार्य पनि अघि बढेको बताए। 

घिसिङले आफ्नो सफलताको सुत्र इमान्दारिता र लगनशीलता भएको पनि बताए। ‘परिवारिक समयमा पनि काम गरेको छु’, उनले भने।

घिसिङले काठमाडौं बाहिर विद्युतमा देखिएको आन्तरिक समस्या क्रमश सुधार गर्दै जाने प्रतिबद्धतासमेत जनाए। 

प्रकाशित: १५ आश्विन २०७६ १५:३० बुधबार

नागरिक_फ्रन्टलाइन कुलमान_घिसिङ विद्युत_प्राधिकरण