coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘पर्यटन क्षितिजमा उज्यालो दियो बलेको छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भइसकेको छ। मन्त्रालय सम्हालेसँगै मन्त्री किराँतीले आफू मातहत निकायको क्रियाशीलताका निम्ति सक्रियता देखाइरहेका छन्। नेपाली विमानलाई युरोपेली आकाशको कालोसूचीबाट हटाउनेदेखि देशमै भएका जहाज चलाउनेसम्मका जिम्मेवारी यो मन्त्रालयमा छन्। पशुपतिदेखि लुम्बिनीसम्मको सफाइ र संस्कृतिको रक्षाका काम पनि गर्नु नै छ। यी यावत् विषयमा नागरिककर्मी एनिका राईले मन्त्री राईसँग गरेको वार्ता:

तपाईंले मन्त्रालय सम्हालेको सय दिनको अनुभव कस्तो रह्यो?

जसरी म संसद् हुँदा मन्त्रालयलाई हेरेको थिए, मन्त्री नै भएर मन्त्रालय सम्हाल्दा मैले बाहिरबाट हेरेजस्तो पाइनँ। समग्रमा भन्नुपर्दा जीर्ण र संकटग्रस्त अवस्थामा पाएँ।

यसबीचका तपाईंका उपलब्धि केके हुन्?

यो त जनताले महसुस गर्ने कुरा हो। नीतिगत सुधारका विषयमा गृहकार्य हुँदै छ। सरकारको नीति तथा कार्यक्रममा यी तयारीको खाका आउने नै छ। यसका अलवा सर्वसाधारणले तत्कालै परिवर्तन महसुस गर्ने खालका कामहरू भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भइसकेको छ। मन्त्रालय सम्हालेसँगै मन्त्री किराँतीले आफू मातहत निकायको क्रियाशीलताका निम्ति सक्रियता देखाइरहेका छन्।

नेपाल वायुसेवा निगममा ई-टिकेटिङको व्यवस्था भयो। सरसफाइ निर्देशिका बनाएर मन्त्रालय मातहतका सबै निकायमा सरसफाइ अधिकृत तोकियो। मन्त्रालय आफैले पशुपति सफाइ अभियान चलाइरहेको छ। यो सरसफाइ अभियान लुम्बिनी र जनकपुरमा पनि सुरु भयो। हिन्दु विश्वविद्यालय निर्माण अध्ययन तयारी समिति गठन गर्‍यौं। रैथाने विश्वविद्यालय निर्माण गर्ने भनेर अध्ययन समिति गठन गरेका छौं।

पर्यटन विश्वविद्यालय निर्माण गर्न कानुन निर्माण मस्यौदा समिति गठन भएको छ। यस्तै सुशासनको क्षेत्रमा पनि कदम चाल्यौं। एयरपोर्टमा भ्वाइस रेकर्ड फेला पारेपछि सामान्य प्रबन्धकलाई कारबाही गर्नेलगायतका धेरै कुरामा सुधार गरेको छु। कार्यविधि संशोधन गरी पाइलट तालिम सञ्चालन गर्न दुई स्कुललाई अनुमति दिइएको छ भने अर्को जहाज मेन्टिनेन्स गर्ने स्कुलको अनुमति दिइएको छ।

हिन्दु विश्वविद्यालय निर्माण अध्ययन तयारी समिति गठन गर्‍यौं। रैथाने विश्वविद्यालय निर्माण गर्ने भनेर अध्ययन समिति गठन गरेका छौं।

पर्यटन माउन्टेरिङको क्षेत्रमा टाइम्सकार्ड लागु गरिएको छ। गाइडबिना पर्यटक हिँड्न नपाउने व्यवस्था लागु गरी जुगल हिमाल एकदेखि पाँचसम्म चढ्न पाउने गरी खुल्ला गरियो। रिक्त प्रज्ञा प्रतिष्ठानहरूलाई पूर्ति गरियो। नेपाल वायुसेवा निगमका बारेमा सुधार र विकासका लागि अध्ययन समिति निर्माण गरियो। यीलगायत साना तर धेरै महत्वपूर्ण काम भएका छन्।

त्रिभुवन विमानस्थललगायतका विमास्थलहरूमा केके काम गर्नुभयो?

नागरिक उड्डयन प्राधिकरणको मातहतमा एयरपोर्ट पर्छ। एयरपोर्टमा सुधारका कामहरू प्रारम्भ भएका छन्। २४सै घण्टा सरसफाइ हुन्छ। शौचालयहरू संगीतमय भएका छन्। महिला शौचालयमा सेनिटरी प्याड बक्स राखिएका छन्। ग्राउन्ड हेन्डलिङमा लगेज हराउने/फुटाएर सामान निकाल्नेजस्ता काम धेरै कम भएका छन्। यसलाइ शून्यमा झार्ने लक्ष्य छ । अन्य ब्युटिफिकेसनका कामहरू भइरहेका छन्। अब छिटै हामी सिआइपी खोल्दै छाैं। वृद्धवृद्धा, अशक्त, नेपाली नबुझ्ने मान्छेहरूलाई ग्रिट एन्ड असिस्ट सेवा सहायता कक्ष पनि खोल्दै छाैं। विमानस्थलमा छिटै लकर सेवा पनि हुनेछ।

यस्तै कतिपय पहाडि जिल्लामा रहेका विमानस्थलहरू सञ्चालन र विस्तार गर्ने योजना छ । हुम्ला, जुम्ला विमानस्थल विस्तार गर्ने कुरा अगाडि बढेको छ। भोजपुर एयरपोर्टमा टर्मिनल भवन निर्माण गर्नेबारे टेन्डर आह्वान गरिसकिएको छ। जनकपुर, सिमराजस्ता एयरपोर्टलाई विस्तार गरेर पूर्ण रूपमा सञ्चालन गर्ने योजना छ। भरतपुर एयरपोर्टको विस्तार र टर्मिनल भवनको कार्य शिलान्यास नै गरिसकेका छाैं। केही काम अगाडि बढे पनि अझ धेरै गर्न बाँकि छ।

एयरपोर्टमा सुधारका कामहरू प्रारम्भ भएका छन्। २४सै घण्टा सरसफाइ हुन्छ। शौचालयहरू संगीतमय भएका छन्। महिला शौचालयमा सेनिटरी प्याड बक्स राखिएका छन्।

सुरक्षालाई प्राथमिकता दिएर काम अगाडि बढेको छ। महिला हिंसा नहोस् भनेर उजुरी गर्ने सेल एयरपोर्टमै स्थापना गरिएको छ। म तपालाई सेवा गर्न सक्छु भन्ने लेखेको टिसर्ट लगाएर हेल्प डेक्समा बस्ने व्यवस्था गरिएको छ। विद्युतीय भर्‍याङमा यात्रु लडेको घटनालाई नियन्त्रण गरेका छौं र एकैपटकमा १० वटा ट्रलीसहित तल झर्ने लिफ्ट निर्माण भइरहेको छ।

नेपालमा हालसम्म ५४ विमानस्थल छन्। त्यसमा १८ विमानस्थल चालु अवस्थामा छैनन्। ती विमानस्थललाई सञ्चालन गर्न के गर्दै हुनुहुन्छ?

यी सबै विमानस्थलहरू धेरै अघि निर्माण भएका हुन्। त्यो बेला कति आवश्यक थिए/थिएनन्, त्यसको समीक्षाको पाटो छुट्टै छ। अहिले ५४ विमानस्थलमध्ये मेरो जानकारीअनुसार १८ विमानस्थल सञ्चालनमा छैनन्। नचलेका कतिपय विमानस्थल गौचरणका लागि प्रयोग भएका छन्। त्यसो हुनुमा धेरै कारण छन्।

हामीसँग वायुसेवा निगमको प्रभाव छैन। व्यावसायिक र सेवाका दृष्टिले पूर्ण रूपमा सञ्चालन कसरी गर्न सकिन्छ भन्ने व्यावसायिक योजना मैले मागेपछि अहिले वायुसेवा निगमले पहाडमा उडान गर्न सक्ने तीन साना जहाज किन्ने प्रस्ताव ल्याएर आएको छ। ती ३ जहाज आएपछि हामीसँग भएका २ वटा गरेर ५ वटा साना जहाज हुन्छन्। ५ वटा जहाज भए भने पश्चिममा २, मध्येमा २ र पूर्वमा १ गरेर पूर्ण रूपमा चालु नभएका १८ एयरपोर्टलाई चलाउन सक्छाैं। जनताको पनि माग छ र अहिलेको आवश्यकता पनि हो। यी सबै कुरालाई हेरेर जनतालाई सेवा दिने हिसाबले म काम  गरिरहेको छु।

निगमले थप ३ वटा साना जहाज किन्ने निर्णय त गर्‍यो, आर्थिक रूपमा निगमको अवस्था कमजोर छ। यस्तो अवस्थामा थप जहाज किन्नुपर्ने आवश्यकता किन पर्‍यो?

हो, हामीलाई ऋण छ र त्यो ऋण तिर्नु पनि छ। ऋण तिर्नका लागि खेलोफड्को पनि गर्नुपर्‍यो। आय आर्जनमा लगानी गर्न सकिएन भने आम्दानी हुँदैन। अनि आम्दानी नभएपछि कसरी तिर्ने? त्यही ऋण तिर्न पनि निगम व्यावसायिक हुनुको विकल्प छैन।

अर्को कुरा त्यही १८ वटा नचलेका आन्तरिक विमानस्थल सञ्चालन गर्न पनि त जहाज किन्नुपर्‍यो हैन र? यस्तै जनताको चर्को माग पनि सम्बोधन गर्नुपर्‍यो। राज्यको निकाय भइसकेपछि त जनताप्रति उत्तरदायी हुनुपर्छ। त्यसकारण निगम जहाज किन्ने निर्णयमा पुगेको हो। नीतिमा एयरपोर्ट चल्नुपर्‍यो, जनताले प्राप्त गर्ने सेवा सुविधामा कुनै सम्झौता नहोस्, ऋण तिर्न व्यावसायिक योजना चाहियो भनेपछि निगमले मन्त्रालयलाई जहाज थप गरेर चुस्त व्यवस्थापन गर्छ भन्ने प्रस्ताव ल्याएको छ।

हाल निगमको ऋण कति छ? लामो समयसम्म ऋण तिर्न नसकेको अवस्थामा कति समयभित्र निगमले आफ्नो ऋण तिरेर नाफामा जान्छ?

ऋण ४८ अर्ब छेउछाउ छ। नीति र प्रक्रिया मिलाएर नाफा कमाई तिर्नुपर्छ। व्यावसायिक रूपमा सञ्चालन गरेर यसको प्रभाव संसारभर बढाउने हो। यसपछि आम्दानी बढ्छ। त्यसपछि ४८ अर्ब रूपैयाँ ऋण त हवाई कम्पनीका निम्ति त्यस्तो ठुलो ऋण पनि होइन। फेरि हामीसँग धन पनि छ।

हुन त यो समस्या आजको मात्रै होइन। जतिबेला देश धमिजा र लाउडा काण्डहरू हुँदै यहाँसम्म आइपुगेको छ र पछिल्लो समयमा कोभिडले ऋण अत्यधिक बढेर गएको हो। कोभिड भनेको निगमको मात्र शत्रु थिएन, विश्व मानव समुदायकै शत्रु थियो। संसारभरि कसरी प्रभाव राख्न सकिन्छ भनेर मलाई पनि छातीभित्रबाट हुटहुटी जागेको छ।

हुन त यो समस्या आजको मात्रै होइन। जतिबेला देश धमिजा र लाउडा काण्डहरू हुँदै यहाँसम्म आइपुगेको छ र पछिल्लो समयमा कोभिडले ऋण अत्यधिक बढेर गएको हो।

जति पनि हवाई कम्पनीमा देखिएका विसंगति, महँगो भाडाको कुरा निगम कमजोर भएर नै हो। त्यसैले यसपटकको नीतिमै हामीले ‘राष्ट्रिय ध्वजा हाम्रो भर, चन्द्र सूर्य संसारभर’ नारा ल्याउन लागेका छौं। हामीले व्यावसायिक योजना जति ल्याएर आउन सक्छौं, जति धेरै नाफा कमाउन सक्छौं, त्यति छिटो ऋण तिर्न सक्छौं। त्यसकारण व्यावसायिक योजना चाहियो भनेर मैले सोहीअनुसार निर्देशन दिई काम अगाडि बढाइरहेको छु।

निगमको खस्किँदो साख जोगाई विश्वसनीयता पुनर्जागरण गर्न के गर्नु हुँदै छ?

सबैभन्दा ठुलो कुरा विश्वास हो। निगमले विश्वास गुमायो। बाहिरतिर लगेज फुटेर आए पनि नेपालमै फुटेको भनिदिने, कमजोरी देख्यो कि निगमलाई नै दोष दिने काम पनि भइरहेको छ। विदेशमा गएर लगेज पर्खंदा २ घण्टा लागे पनि सिस्टममा छ भन्ने, यहाँ १ घण्टा पर्खनुपर्‍यो भने मान्छेलाई दबाब हुने। कमजोर भएपछि आरोप धेरै लाग्दो रहेछ। हामी सबै मिलेर, खासगरी म अगाडि हिँड्छु, सबै मिलेर जनताको सहयोगमा निगमको विश्वासलाई पुनर्जागृत गराउनु छ। हाम्रो जहाज उडेको समय हेरेर मान्छेले घडी मिलाओस्। त्यसरी विश्वास आर्जन गरेर अगाडि जानु छ र हामी मिलेर गएको खण्डमा त्यो सम्भव छ।

नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र चलायमान बनाइराख्न के गर्नुपर्छ?

मुख्यतः नेपाल एयरलाइन्सको सबैभन्दा पहिलो र महत्वपूर्ण काम जनताको विश्वास जित्नु छ। जनताको आवश्यकता अनुसार सेवा दिनु छ। सेवा दिएर मात्र विश्वास जित्न सकिन्छ। प्रशासनिक क्षेत्रमा धेरै ठुलो सुधार ल्याउनु छ। आफ्नो व्ययभारलाई पारदर्शी बनाउनु छ। आर्थिक अनुशासन कायम गराउनु छ। निगमका कर्मचारीलाई अनुशासित र जिम्मेवार बनाउनु छ र जति पनि अहिलेसम्म भइरहेको लापर्बाहीको अन्त्य गर्ने संकल्प गर्नु छ । म यो प्रयास गरिरहेको छु।

भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्यो। अहिलेसम्म एयर जजिरा एयरलाइन्स मात्र सञ्चालनमा छ। त्यो पनि नियमित छैन। विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न केके कामहरू भइरहेका छन्?

यसका दुईतीन कारण छन्। हामीले ठुलो लगानी गरेर भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण गरेका छाैं। त्यो पनि म आउनुभन्दा अगाडि नै निर्माण भइसकेको कुरा हो र यति ठुलो एयरपोर्ट बनाउने कुरा रातारात पनि भएको होइन। पहिलो समस्या नियमित उडानकै हो। यसका निम्ति हामीले अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक छलफल अगाडि बढाइरहेका छांै।

मुख्यगरी मित्रराष्ट्र भारतसँगको एयर रुटको कुरा छ। यसका लागि कुटनीतिक पहल भइरहेको छ। एयर रुटको विषयमा कुरा मिलेपछि धेरै उडान सिधै भैरहवाबाट हुन्छन् र विदेश जान श्रमसँग सम्बन्धित डेक्सहरू भैरहवामै निर्माण गर्न सक्यौं भने खासगरी बुद्धसर्किट राष्ट्रहरूसँग आन्तरिक कुरा गरेर लुम्बिनी घुम्न आउने एउटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्यौं भने स्वाभाविक रूपमा भैरहवा एयरपोर्ट पूर्ण सञ्चालनमा ल्याउन सकिन्छ।

पोखरा एयरपोर्ट बन्यो। एउटा पनि अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालन गर्न सक्नुभएको छैन। त्यसका लागि के प्रगति भइरहेको छ?

पोखरामा पनि मैले कूटनीतिक पहल अन्तर्राष्ट्रिय रूपमै गरिरहेको छु। पटक पटक चिनियाँ अधिकारीहरूसँग पोखराबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे कुरा गरिरहेको छु। पोखरेली जनतालाई पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि जति तपाईहरूले माग गर्नुभयो, सञ्चालन गर्न पनि त्यति नै सहयोग गर्नुहोस् भनेर भनिरहेको छु।

पोखरामा पनि मैले कूटनीतिक पहल अन्तर्राष्ट्रिय रूपमै गरिरहेको छु। पटक पटक चिनियाँ अधिकारीहरूसँग पोखराबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे कुरा गरिरहेको छु।

यो त हाम्रो नीतिको कुरा भयो। कतिपयले प्राविधिक ढंगले पनि कुरा उठाइरहनु भएको छ। त्यो प्राविधिक पुष्टि नभईकन त म भन्न सक्दिन तर कतिपय प्राविधिक दृष्टिकोणबाट चासो राख्ने व्यक्ति, संस्था तथा सरोकारवालाहरूले एयरपोर्टमा प्राविधिक त्रुटी छन् भन्ने गरेको हल्ला पनि सुनेको छु। यसको म आफ्नो ढंगले अध्ययन गरिरहेको छु। म एयरपोर्ट छिटोभन्दा छिटो चलोस् भन्ने पक्षमा छु र त्यसका लागि लागिरहेको छु।

चाइनाबाट किनेर ल्याएको जहाजको अवस्था के छ? किन ग्राउन्डेड भएको हो?

सम्बन्धित संस्था र प्राविधिकहरूको भनाइअनुसार चीनबाट ल्याएको जहाज चलाउन नसक्नुको कारण यसको उपयुक्त समयमा पाइलट नपाउने, भारबाहन क्षमता कम भएको, पार्टपुर्जा महँगो र महिनौंसम्म पनि पाउन नसकिने लगायतका तमाम कुरा छन्। जुन प्राविधिक कुरा भए। एयरपोर्टमा भेडालाई खर्कमा घाम तपाउन लागेको जस्तो गर्न पाइँदैन। यसको उपयुक्त निकास के हुनसक्छ? निकाससहित योजना ल्याऊ भनेर मैले निगमलाई भनिरहेको छु। ग्राउन्डेड गर्दा वर्षमा लाखाैं लाख खर्च भइरहेको छ। यसको इन्स्युरेन्स पनि महँगो छ। यसको ग्राउन्डेड गरेको शूल्क पनि तिर्नै पर्‍यो। छिटोभन्दा छिटो निकास हुन्छ भने यति कारणले हुन्छ, हुँदैन भने यति कारणले हुँदैन भन्नुपर्‍यो भनी मैले कुरा गरिरहेको छु।

नेपाललाई इयुको कालोसूचीबाट हटाउन के गर्दै हुनुहुन्छ?

कालो सूचीबाट हटाउन कूटनीतिक पहल भइरहेका छन्। उनीहरूको कुराअनुसार नागरिक उड्डयन प्राधिकरण नियमनकारी निकाय र सेवा प्रदायक निकायलाई छुट्टाछुट्टै बनाउनुपर्छ। यसो गरे आकाश

खुलाउन उनीहरू तत्पर छन्। सबै आधार हेरेर हामीले पनि विधेयकको मस्यौदा अगाडि सारेका छौं। मलाई लाग्छ छिट्टै यो विधेयक पारित हुन्छ र नेपाली आकाश पनि खुल्छ।

सांस्कृतिक प्रतिष्ठान र पर्यटन क्षेत्रलाई उपेक्षा गर्नुभएको हो?

मेरो प्राथमिकता मन्त्रालय अन्तर्गतका सबै विभाग, प्रतिष्ठानमा बराबर ध्यान छ। तर केही यस्ता विभाग छन् जसको तत्काल उद्धार नगरिए दुर्घटना हुन सक्छ। त्यस्ता विषयमा तत्काल बढी समय–शक्ति दिँदा अरूलाई उपेक्षा गरिएको जस्तो लाग्न सक्छ। तर त्यसो बिलकुल होइन। यति हुँदाहुँदै पनि मैले वायुसेवा निगम र वायुसेवा सुरक्षालाई महत्व दिएको छु। मन्त्रीको परीक्षा पनि जहाजमै गएर हुन्छ।

वर्षौंदेखि थलिएर बसेकोजस्तो, एक ढंगले कोमामा रहेकोजस्तो संस्था हो। यसलाई छिटोभन्दा छिटो सघन उपचार गर्नु छ। यस्तै हाम्रो देशको अनुहार हो विमानस्थल। हाम्रो मात्र नभएर कुनै पनि देशको अनुहार नै एयरपोर्ट हुन्छ र त्यसको सुरक्षा पहिलो सर्त हो। नागरिक उड्डयनमा मेरो ध्यान छ। त्यसपछि हामीसँग रहेका ठुला सांस्कृतिक र धार्मिक सम्पदा, आस्थाको केन्द्र पशुपति र लुम्बिनीमा विशेषत मेरो ध्यान छ।

पर्यटनको सवालमा हिमाल हाम्रो अर्को बृहत् प्राकृतिक सम्पदा हो। त्यसका निम्ति पनि अहिलेको समयलाई सुहाउने ऐन कानुन कसरी बनाउनुपर्छ भनेर म लागिरहेको छु। पशुपति र लुम्बिनीलाई हामीले ध्यान दिनु भनेको नै पर्यटनलाई ध्यान दिनु हो। संसारका हिन्दुहरूको आस्थाको केन्द्र पशुपति त्यस्तै संसारका बुद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी जहाँ गौतम बुद्ध जन्मनुभएको हो। यति ठुलो आस्थाको केन्द्र विश्वसम्पदा सूचीमा सूचीकृत छ। यहाँ गर्नु भनेको पर्यटन क्षेत्रमा नै गर्नु हो जस्तो लाग्छ।

पर्यटनको सवालमा हिमाल हाम्रो अर्को बृहत् प्राकृतिक सम्पदा हो। त्यसका निम्ति पनि अहिलेको समयलाई सुहाउने ऐन कानुन कसरी बनाउनुपर्छ भनेर म लागिरहेको छु। पशुपति र लुम्बिनीलाई हामीले ध्यान दिनु भनेको नै पर्यटनलाई ध्यान दिनु हो।

अझ पशुपति र लुम्बिनी त हाम्रो सभ्यताको पनि महासभ्यताको केन्द्र हो। त्यहींबाट नै यो समाजको सफाइ अभियान सुरु गर्नुपर्छ। हाम्रो मन, हृदयभित्र आध्यात्मिकताको भाव मरिसक्यो। त्यसकारण पनि त्यहाँबाट हामीले समाज सुधारका अभियान सुरु गर्नुपर्छ। अरूतिर दृष्टि नलगाएको होइन, बरु मूलमा चाहिं लगाएको हो।

पर्यटन विस्तार गर्न नयाँ नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवर्द्धनमा के कस्ता कार्य भइरहेका छन्?

हाम्रो पर्यटनमा नेपालीपन हुनुपर्छ। प्रकृतिको सम्पदा र समाजको सम्पदालाई जोड्नुपर्छ। प्रकृति र संस्कृतिको संयोजन नै आजको नेपाली पर्यटन हो। त्यसमा स्थानीय स्वाद जसलाई रैथाने स्वाद भनिरहेको छु, हो त्यही रैथाने स्वाद र स्वामित्वसहितको पर्यटन विकास र विस्तारको कोसिस गरिरहेको छु। पर्यटनको विकास हुँदा रैथाने जनताको स्वामित्व रहेन भने धनी र गरिब बीचको खाडल रहिरहन्छ। रैथाने स्वाद भनेको हामीले उत्पादन गरेका परिकार, हाम्रा परम्पराहरू, पुर्खाले गरेको सिर्जना र समाजको मौलिकता हुन्। त्यसकारणले त्यो जगबाट हाम्रो पर्यटन क्षेत्रको विकास गर्नुपर्छ।

हाम्रो पर्यटनमा नेपालीपन हुनुपर्छ। प्रकृतिको सम्पदा र समाजको सम्पदालाई जोड्नुपर्छ। प्रकृति र संस्कृतिको संयोजन नै आजको नेपाली पर्यटन हो।

‘घुमौं नेपाल, हेरौं प्रकृति, बुझौं संस्कृति’, ‘नेपालीले नेपाल घुमाैं, नेपालीले नेपाल चिनौं’ नारासहित विभिन्न कार्यक्रम आउँदै छन्। हामीले हाम्रा कतिपय सम्पदालाई रिब्रान्डिङ गर्नुपर्नेछ। देशभरिको पुरानो गाउँ खोज्नु छ, प्रवर्द्धन र विकास गर्नु छ, खुला म्युजियमहरू निर्माण गर्नु छ।

त्यसैगरी सांस्कृतिक गाउँ र सम्पदा गाउँ निर्माण गरी प्रवद्र्धन र विकास गर्नु छ, विभिन्न सांस्कृतिक र धार्मिक राष्ट्रिय सर्किट बनाउनु छ। मुख्यतः पर्यटन र संस्कृति नीति ऐन बनाउनु छ।

पर्यटन पुनरुत्थान कार्ययोजना त सरकारले ल्यायो तर व्यवसायीहरू सन्तुष्ट छैनन् नि? पुनरुत्थानले पर्यटककै लागि भनेर प्रभावकारी सहुलियत प्याकेज ल्याउन सकेन भन्ने व्यवसायीका गुनासा आएका छन् नि?

त्यसका बारेमा हाम्रो मन्त्रालयले मात्र गरेर हुँदैन। मुख्यतः नेपाल सरकारको नीति र अर्थ मन्त्रालयको भूमिका रहन्छ। छलफल जारी छ निकास के हुन सक्छ भनेर। हामी सँगै हिँडौं, म समस्यामा अगाडि हिँड्छु। सजिलोमा तपाईंहरू अगाडि हिँड्नू, म पछाडि हिँडुला।

मलाई के दुःख लागेको छ भने अस्ति कोभिडपछि औपचारिक रूपमा पहिलो पटक त्यत्रो चाइनिज पर्यटक नेपाल घुम्न आउने घोषणा गरेर आए। सरकारले त्यसका लागि धेरै मेहनत गर्‍यो। पहिलो लटका चाइनिज पर्यटक आउँदा म स्वयम् उनीहरूलाई स्वागत गर्न एयरपोर्ट गएँ। मैले सन्देश दिनु थियो। त्यो बेला न लुम्बिनी, न पोखरा, न काठमाडौं कतैका पनि होटल व्यवसायीहरूले संस्थागत रूपमा आउनुहोस्, घुम्नुहोस्, बस्नुहोस्, तपाईंहरूका निम्ति यति छुट र यस्तो सुविधा छ भनेर भनेनन्। यति कुरालाई व्यवसायीहरूले सम्बोधन गरेको भए विश्वमा कति राम्रो सन्देश जान्थ्यो। हाम्रो सोच शैलीमा प्रशस्त कमजोरी छन्। त्यसलाई सुधार्नु छ।

मैले सन्देश दिनु थियो। त्यो बेला न लुम्बिनी, न पोखरा, न काठमाडौं कतैका पनि होटल व्यवसायीहरूले संस्थागत रूपमा आउनुहोस्, घुम्नुहोस्, बस्नुहोस्, तपाईंहरूका निम्ति यति छुट र यस्तो सुविधा छ भनेर भनेनन्।

यस सिजन कोभिडयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क पर्यटन बोर्डले सार्वजनिक गर्‍यो। यति हुँदै गर्दा पनि व्यवसायीहरू चिन्तित छन्। खर्च गर्ने पर्यटक आएन् भन्छन् नि?

कोरोनाको महामारीले विश्व संकटमा परेको छ। पर्यटक आगमन विस्तारै वृद्धि हुँदै छ। एकैपटक कहाँ पहिलेको जस्तो हुन्छ? पर्यटन आगमन वृद्धि हुनु भनेको प्रचारप्रसार भएको भन्ने होइन र? अनि हामी सबै मिलेर काम गर्नुपर्छ। कानुनमा सहुलियत कसरी दिन सकिन्छ हेर्नु छ। एकद्वार प्रणाली कसरी बनाउन सकिन्छ भनेर जोड दिइरहेको छु।

विश्वका पर्यटकहरूलाई नीतिगत रूपमा आह्वान कसरी गर्न सकिन्छ भनेर काम गरिरहेको छु। सरकारले यति गर्दै गर्दा पनि हाम्रो सबैभन्दा प्रभावकारी प्रचारप्रसार कहाँ हुन्छ भने हामीले मुलुक भित्रिएका पर्यटकलाई गर्ने सेवा र सत्कारले नै हाम्रो मुलुकमा आउने पर्यटकलाई प्रभाव पार्छ। सबै व्यवसायी निराश भएर मौका यही हो भनेर उनीहरूसँग व्यवहार गरे भने के हुन्छ सोचौं त? अन्त्यमा कोही निराश नबनौं, मैले त क्षितिजमा उज्यालो दियो बलेको देखेको छु।

प्रकाशित: २३ वैशाख २०८० ००:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App