बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप
बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
साउदी अरेबियाका राजकुमार मनसुर बिन मुक्रिनको हेलिकप्टर दुर्घटना परी मृत्यु भएको छ। यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी राजकुमार सँगै अन्य ८ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार अन्य ब्यक्तिहरू पनि सरकारी अधिकारी भएको साउदी अरबियाका सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
अमेरिकी राज्य टेक्सासमा गोली चल्दा २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । टेक्सासको स्प्रिङसस्थित एउटा गिर्जाघरमा आइतबार प्राथना चलिरहँदा अन्धाधुन्द गोली चलेको थियो। घाइते २० जनालाई हेलीकप्टरबाट उद्धार गरिएको जनाइएको छ।
भ्रष्ट्राचारको आरोपमा साउदी अरेबियाका ११ राजकुमार, चार बाहालवाला मन्त्री र केही पूर्वमन्त्रीहरू पक्राउ परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ११ दिने लामो एसिया भ्रमण सुरु गरेका छन्। भ्रमणकाक्रममा ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको यात्रा गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपतिले एसियाको यति लामो भ्रमण गर्न लागेको २५ वर्षपछि पहिलो पटक भएको बिबिसीले उल्लेख गरेको छ । उत्तर कोरियाले लगातार रुपमा गरिरहेको आणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्विपमा तनाव बढिरहेका बेला हुने अमेरिकी राष्ट्रपति ट्रम्पको एसिया भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।
लेबनानका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै पदबाट राजिनामा दिएका छन्। हरिरीका बाबु लेबनानको पूर्व प्रधानमन्त्री राफिक अल–हरिरीको पनि सन् २००५ मा हत्या भएको थियो । आफ्ना पिताको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको साउदी राजधानी रियादबाट प्रसारण भएको एउटा टेलिभिजन कार्यक्रममा उनले बताए।
अफगानिस्तान सरकारले गरेको ह्वाट्सयाप र टेलिग्राम म्यासेजिङ सेवामा प्रतिबन्ध लगाउने निर्णयको व्यापक विरोध भएको छ। अफगानिस्तानमा लोकप्रिय सन्देशवाहक इन्टरनेट सेवा प्रयोगमा रोक लागेपछि पत्रकार, सञ्चार समूह र सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले नियन्त्रणको नीति लिएको आरोप लगाएका छन् ।
म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छिन्। म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन्।
अफगानिस्तानको चारिकार नगरमा इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको छ। प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो। बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए।
भारतको उत्तर प्रदेशस्थित एक उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्। उत्तर प्रदेशमा पर्ने रायबरेली जिल्लामा रहेको नेशनल थर्मल कर्पाेरेशन लिमिटेड (एनटीपिसी ) मा विष्फोट भएको हो । घटनामा घाइते भएकाहरूको भारतको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन्। गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा ८ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमला पश्चात् राष्ट्रपति ट्रम्पले यस प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन्।
न्युयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर ८ जनाको मृत्यु भएको छ। ट्रक ड्राइभरले ट्रकलाई फुटपाथ र साइकल लेनमा लगेपछि ८ जनाको मृत्यु भएको छ भने ११ जना घइते भएका छन्।
अमेरिकाको सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले सोमबार खारेज गरेको छ। कुनैपनि नितिले प्रस्तावलाई स्विकार गर्न नसक्ने भएकाले खारेज गर्नु पर्ने अदालतको ठम्याइ रहेको छ। वासिङटन डिसीमा रहेको जिल्ला अदालतका न्यायाधिश कोलिन कोलर कोटेल्लीले तेस्रो लिङगीलाई निषेध गर्नु पर्ने कुनै कारण नभएको बताए।
राष्ट्रपतीय निर्वाचनका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल मानाफर्टमाथि युक्रेनसँगको सम्झौताका क्रममा अमेरिकामाथि जालसाजी गरेका आरोप लागेको छ।
अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने विध्वंसात्मक र लापरवाहपूर्ण बाटोदेखि टाढै बस्न उत्तर कोरियालाई चेतावनी दिएका छन्। हवाईस्थित अमेरिकी प्यासिफिक कमान्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई उक्त चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।
सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।
दुई वर्षअघि टाउको जोडिएको बच्चाको सफल शल्यक्रिया गरिएको छ। जागा र कालिया दुईमध्ये जागा नाम गरेका उक्त बालकले आखाँ खोलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको मृगौलामा देखिएको समस्याका कारण दैनिक डायलासिस् गर्नुपर्ने हुन्छ।
क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्यालीमा हजारौंले सहभागिता जनाएका छन्।
संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुखले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्। राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार आफ्नो पाँच दिन लामो भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावबारे बोल्दै भने, 'अरब मुलक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रियामार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ।'
थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार भब्य समारोहका साथ अन्येष्टि गरिएको छ। २०१६ अक्टोबर १३ मा मृत्यु भएका उनको एक वर्षपछि अन्त्येष्टि गरिएको हो।
कतार सरकारले श्रमसम्बन्धी नियममा परिमार्जन गरि कामदारका लागि न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको छ। कतारमा सन् २०२२ मा विश्व कपको आयोजना हुँदैछ।
केन्यामा राष्ट्रपति चयनका लागि पुनः हुन लागेको चुनावलाई मध्यनजर गर्दै सैनिक व्यवस्था कडा बनाइएको छ। गत अगस्ट ८ मा भएको राष्ट्रपतिको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा केन्याको अदालतले गरेको थियो। उक्त नतिजा बदर भएको घोषणा गर्दै अक्टोबर भित्र पुन राष्ट्रपतिको निर्वाचन गराउने फैसला अदालतले गरेको थियो।
विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनयापनसम्बन्धी सुझावसहित लेखेको टिपोट १५ लाख ६० हजार डलरमा लिलाममार्फत् बिक्री भएको छ। इजरायलको राजधानी जेरुसेलममा लिलाम बढाबढमा आइन्स्टाइनको उक्त टिपोट बिक्री भएको बिबिसीले जनाएको छ।