१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासलाई किन दिए ट्रम्पले धम्की ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार हमासलाई धम्की दिँदै युद्धविराम भङ्ग भएमा आतंकवादी समूह दोषी हुने बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल सहित एयर फोर्स वानमा कतारका प्रधानमन्त्रीलाई भेट्दा उक्त टिप्पणी गरेका हुन्। खाडी राज्यले इजरायल हमास युद्धविराम सम्झौताको प्रमुख मध्यस्थकर्ताको रूपमा काम गरेको थियो ।  

 सम्झौतामा हमासले जीवित र मृत सबै बन्धकहरूलाई फिर्ता गर्ने बताएपनि अहिलेसम्म उसले १५ जना मृत बन्धकहरूको शव र २० जना जीवित बन्धकहरूको शव रिहा गरेको छ। अन्य १३ जनाको शव अझै गाजामा  राखिएको छ। आतंकवादी समूहले सबै शवहरू ल्याउन असमर्थ रहेको र तीमध्ये केही कहाँ छन् भन्ने थाहा नभएको दाबी गर्दै आएको छ । तर इजरायली अधिकारीहरूले हमासले बाँकी रहेका धेरैजसो बन्धकहरूसम्म पुग्न सक्ने बताएका छन् ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा लेखेका छन् ,‘ हाल मध्य पूर्वमा धेरै बलियो शान्ति छ। तर हमासले चाँडो इजरायललाई शवहरू हस्तान्तरण गर्न पुनः सुरु गर्नुपर्छ। नत्र यसले परिणामहरू भोग्न थाल्नेछ।’ ट्रपले  सम्झौताको अर्को आवश्यकता रहेको र  निशस्त्रीकरणको प्रतिरोध गर्ने आतंकवादी समूहलाई  संकेत गरेका छन्।  

ट्रम्पको उक्त पोस्ट पछि हमासका एक वरिष्ठ अधिकारीले बाँकी मृतक बन्धकहरूको खोजी विस्तार गर्ने वाचा गरेको बताइएको छ। कान सार्वजनिक प्रसारकको  रिपोर्ट अनुसार आतंकवादी समूहका प्रमुख वार्ताकार खलील अल हय्याले बन्धकहरूको शव पत्ता लगाउन खोज टोलीहरू गाजाको नयाँ क्षेत्रहरूमा प्रवेश गर्ने बताएका छन्। उनले हमासले इजरायललाई युद्ध पुन सुरु गर्न कुनै बहाना दिन नचाहेको  बताएका छन्।  

साथै इजरायलले आफ्नो नियन्त्रणमा रहेको गाजाको आधा भाग भित्र पनि उनीहरूको शव खोजी गरिरहेको बताइएको छ। कानका अनुसार एक सुरक्षा अधिकारीले मृतक बन्धकहरूका परिवारलाई खोजी भइरहेको र गुप्तचर मूल्याङ्कनमा आधारित रहेको बताएका छन्। अधिकारीले खोजमा सहयोग गर्न सरकारले गाजामा भारी इन्जिनियरिङ उपकरणहरूको प्रवेशलाई अनुमोदन गर्ने बताएको बताइएको छ।  शनिबार राति बाँकी मृतक बन्दीहरूको रिहाइको माग गर्दै इजरायलभरि हजारौंले जुलुस निकालेका थिए।

प्रकाशित: ९ कार्तिक २०८२ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App