६ आश्विन २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मिडिया प्रतिबन्धपछि ह्वाइट हाउसले सुरु गर्‍यो ‘ट्रम्प टिभी’

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तीन सञ्चार माध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि ह्वाइट हाउसले आफ्नै अनलाइन स्ट्रिमिङ च्यानल ‘ट्रम्प टिभी’ सुरु गरेको छ।

सोमबार सुरु गरिएको च्यानल २४ घण्टा सञ्चालन हुने ह्वाइट हाउसले जनाएको छ। यसमा ट्रम्पका पुराना भाषण, प्रशासनका गतिविधि, घोषणा तथा अन्य भिडियो सामग्री प्रसारण हुने बताइएको छ। सुरुवाती प्रसारणमा ट्रम्पका भाषण र अमेरिकी सैन्य अभ्यासका दृश्य देखाइएको थियो।

ह्वाइट हाउसले सामाजिक सञ्जालमा ‘विगतका महत्त्वपूर्ण क्षण, घोषणा र प्रशासनका पछिल्ला गतिविधि एउटै ठाउँमा’ हेर्न सकिने बताएको छ। सुरुवातमा भने मौलिक समाचार वा पत्रकारिता कार्यक्रम राखिएको थिएन।

‘ट्रम्प टिभी’ सुरु हुनु केही दिनअघि ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए। ट्रम्पले यी सञ्चार माध्यमले गलत समाचार फैलाएको आरोप लगाएका छन्।

प्रतिबन्धपछि तीन वटै सञ्चार माध्यमले सोमबार ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्दै ह्वाइट हाउसको निर्णयले पत्रकारको पहिलो संशोधन अधिकारमा असर पारेको दाबी गरेका छन्।

यसैबिच, एबीसी, सीबीएस, फक्स न्युज र एनबीसीसहित अमेरिकी टेलिभिजन समाचार सञ्जालले ट्रम्पका गतिविधिको टेलिभिजन भिडियो कभरेज रोक्ने निर्णय गरेका छन्। अन्य केही सञ्चार माध्यमले पनि प्रतिबन्धित संस्थाको समर्थनमा ह्वाइट हाउस फोटो पुलबाट प्राप्त तस्बिर तत्काल प्रकाशित नगर्ने बताएका छन्।

यसको प्रभाव सोमबार ट्रम्पको ह्वाइट हाउस हेलिप्याड उद्घाटन कार्यक्रममा देखिएको थियो। ह्वाइट हाउसले प्रत्यक्ष प्रसारण गरे पनि व्यावसायिक अडियो उपकरण नहुँदा हेलिकोप्टरको आवाजका कारण ट्रम्पको भनाइ स्पष्ट सुनिएको थिएन। एजेन्सीको सहयोगमा 

प्रकाशित: ६ आश्विन २०८३ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App