२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले कर बढाएर ५० प्रतिशत पुर्‍याउँदा भारतीय बजारमा के असर हुन्छ ?

फाइल तस्बिर

अमेरिकाले बढाएको करका कारण भारतीय सामानहरूको निर्यातमा गंभिर असर पर्ने देखिएको छ। अमेरिकाले भारतका प्रमुख निर्यात वस्तुहरू, जस्तै कि कपडा, गहना, अटो पाट्र्स, र समुद्री खानेकुरालगायतमा  ५० प्रतिशत आयात कर लगाउँदा ती क्षेत्रहरू गम्भीर प्रभावित हुनेछन्।

अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अनुसन्धान र नीतिगत सुझाव दिने संस्थाका अनुसार, नयाँ करले भारतका अमेरिकी बजारतर्फका निर्यातमा ४०देखि ५० प्रतिशतसम्म गिरावट ल्याउन सक्छ। भारतका निर्यात सङ्गठन ले यो निर्णयलाई “अत्यन्तै आश्चर्यजनक“ भन्दै विरोध जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरिरहेकामा आपत्ति जनाउँदै त्यसको बदलामा भारतीय सामानमाथि थप २५ प्रतिशत आयात कर लगाउने कार्यकारी आदेश जारी गरेका छन्।यसले अमेरिकामा भारतबाट गरिने आयातमा कुल कर दर ५० प्रतिशत पुर्‍याउनेछ, जुन अमेरिकाले कुनै देशमाथि लगाउने उच्चतम दरमध्ये पर्छ।

प्रकाशित: २२ श्रावण २०८२ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App