३० वैशाख २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीले झलमुरी खाएको ठाउँमा भाजपाको हालत कस्तो छ?

भारतको पश्चिम बंगाल विधानसभा चुनावको मतगणना जारी छ। सुरुवाती तरणमा भाजपाले तृणमूल कांग्रेसमाथि अग्रता कायम राखेको देखिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियानका क्रममा झलमुरी खाएको ठाउँ झारग्राम सिटमा भाजपा अगाडि छ।

हाल यहाँबाट भाजपा उम्मेदवार लक्ष्मी कान्त साव २९८८२ मतका साथ अगाडि छन्। जबकि तृणमूल कांग्रेसकी मंगल सरीन भाजपा उम्मेदवारभन्दा ८००० मतले पछाडि छिन्।

यी प्रारम्भिक नतिजाहरू हुन् र विभिन्न चरणहरूमा मतगणना अगाडि बढ्दै जाँदा परिवर्तन हुन सक्छन्।

पश्चिम बंगालको २९४ सिटका लागि मतदान अप्रिल २३ र २९ मा समाप्त भएको थियो, तर फाल्टा सिटमा मे २१ मा पुन: मतदान हुनेछ।

प्रकाशित: २१ वैशाख २०८३ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App