१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध तीन हप्ताभित्र सकिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी दुईदेखि तीन हप्ताभित्र समाप्त हुन सक्ने बताएका छन्।

उनले अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको र कारबाही अन्तिम चरणमा रहेको दाबी गरे।

मंगलबार राति ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले अमेरिकाको लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताए। उनले भने, ‘यो अब पूरा भएको छ। यदि सम्झौता भयो भने युद्ध अझ पहिले नै समाप्त हुन सक्छ।’

उता, इरानले भने अमेरिकामाथि पूर्ण रूपमा विश्वास गुमाएको बताएको छ। विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको विगतको अनुभव कमजोर रहेको र अब यसलाई विश्वास गर्न नसकिने बताए।

प्रकाशित: १८ चैत्र २०८२ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App