४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्ना नागरिकलाई भेनेजुएला तुरुन्त छोड्न अमेरिकी आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई भेनेजुएला तुरुन्त छोड्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार भेनेजुएलामा सशस्त्र नागरिक मिलिसियाले नाकाबन्दी गरिरहेको भन्ने रिपोर्टहरू आएका छन्।

अमेरिकी विदेश मन्त्रालयले भेनेजुएलाका नागरिक मिलिसियाले अमेरिकी नागरिक र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको, उनीहरूको सवारीसाधन जाँच गरिरहेको जनाएको छ।

यो वक्तव्य भेनेजुएलामा अमेरिकी सेनाले गरेको कारबाहीको एक हप्तापछि आएको हो। उक्त कारबाहीका क्रममा भेनेजुएलाका नेता निकोलस मादुरोलाई अमेरिका लगिएको थियो, जहाँ उनीमाथि हतियार तथा लागूऔषध तस्करीसम्बन्धी मुद्दा चलाइएको छ।

निकोलस मादुरोको स्थानमा भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा नियुक्त गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी सहयोगमा देश सञ्चालन गरिरहेको बताए पनि सुरक्षा बलहरू अझै मादुरोका समर्थकहरूको नियन्त्रणमा रहेको बताएका छन्। एजेन्सी

प्रकाशित: २७ पुस २०८२ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App