२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका ‘शटडाउन‘ : तलब नपाउँदा धमाधम काम छोड्दै कर्मचारी, १४ सय बढी उडान रद्द

अमेरिकामा सरकार बन्द (शटडाउन) भएको एक महिना नाघ्दा तलब नपाएका कर्मचारीहरू धमाधम काम छोड्दै छन्, जसले हवाई उडानमा ठूलो असर परेको छ। संघीय उड्डयन प्रशासनले ४० ठूला विमानस्थलमा उडान क्षमता १० प्रतिशतसम्म कटौती गर्न बाध्य भएको छ। जसकारण शनिवार अमेरिकामा एक हजार ४६० भन्दा बढी उडानहरू रद्द भएका छन्।

उडान ट्र्याकरका अनुसार रद्दसँगै लगभग ६ हजार उडानहरू प्रभावित भएका छन्। यो शुक्रवार ढिलाइ भएका सात हजारभन्दा कम हो।संघीय उड्डयन प्रशासनले यस हप्ता घोषणा गरे अनुसार अमेरिकाभर ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशतले घटाइनेछ किनभने हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिना काम गरिरहेका छन्।

यसअघि शुक्रवार ४ प्रतिशत कटौती सुरु भएको थियो, जसले एक हजार २४ उडान रद्द भएका थिए। आगामी हप्ता यो क्रमशः बढेर १० प्रतिशत पुग्ने जनाइएको छ।नियन्त्रकको अभावले उडानहरूमा उल्लेखनीय असर परेको छ।

हवाई ट्राफिक नियन्त्रकहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका छन्। अमेरिकी संसद्को तल्लो सदनमा रिपब्लिकन र डेमोक्र्याटहरूबिच अझै पनि सहमति हुन सकेको छैन। यस वर्ष अक्टोबर १ बाट सुरु भएको सटडाउन अझै जारी छ।

प्रकाशित: २३ कार्तिक २०८२ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App