इरानी विदेशमन्त्री अब्बास अराघचीले वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्।
उनले द्वन्द्वका कारण यस क्षेत्रका धेरै मित्र राष्ट्रहरू र जनताले क्षति बेहोर्नु परेको बताए।
उनले भने, 'यस सबैका लागि अमेरिका जिम्मेवार छ। हामीले यो युद्ध सुरु गरेका होइनौं। हामी आफ्नो रक्षा मात्र गरिरहेका छौं,' उनले भने।
यससँगै इरानी राष्ट्रपति मसूद पेजेश्कियानले यस क्षेत्रका जनतासँग माफी मागेका छन्।
प्रकाशित: ४ चैत्र २०८२ ०७:३३ बुधबार





