७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलायो

अमेरिकाले नेपालसहित विभिन्न ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूतावासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो।

यसरी फिर्ता बोलाइएका देशहरूमा नेपालसहित अल्जेरिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, कोट डी'आइवर, इजिप्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्शल टापुहरू, पपुवा न्यु गिनी, फिलिपिन्स, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो र स्लोभाकिया, ग्वाटेमाला र सुरिनाम रहेका छन्।

पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरिएका राजदूतहरूलाई ट्रम्प प्रशासनले फर्ता बोलाएको हो। ट्रम्पले आफ्नो कार्यकालको एक वर्षपछि राजदूतहरूला फिर्ता बोलाएको हो। 

यो निर्णयले सबैभन्दा बढी अफ्रिका महादेशका देशहरू प्रभावित भएको बताइएको छ। अफ्रिकाका १५ देशका राजदूतलाई फिर्ता बोलाइएको छ।

ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिलाई पूर्ण समर्थन गर्ने व्यक्तिहरूलाई मात्र अग्रपंक्तिमा राख्ने उद्देश्यले यस्तो कदम चालिएको सञ्चार माध्यमहरूले जनाएका छन्।

अरू राजनीतिक नियुक्तिहरू पनि खारेज गर्न सक्ने सम्भावना रहेको जनाइएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: ८ पुस २०८२ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App