२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिन दिल्ली पुग्नुअघि अमेरिकाले भारतलाई दियो ९५ करोड डलरको रक्षा ‘डिल’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणअघि अमेरिकाले भारतसँग रक्षा सहयोगलाई लिएर महत्त्वपूर्ण निर्णय गरेको छ। अमेरिकाले यसलाई दुई देशको रक्षा सम्बन्धको लागि ‘शुभ समाचार’ भनेको छ।

दक्षिण र मध्य एसियासँग सम्बन्धित अमेरिकी नीतिको निरीक्षण गर्ने दक्षिण र मध्य एसियाली मामिला ब्युरोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे जानकारी गराएको हो। ब्युरोका अनुसार भारतको रक्षा मन्त्रालयले लकहिड मार्टिनद्वारा विकसित २४ एमएच–६०आर समुद्री हेलिकप्टरहरूको लागि एक प्याकेजमा हस्ताक्षर गरेको छ।

विज्ञप्ति अनुसार ९४६ मिलियन (झन्डै ९५ करोड) अमेरिकी डलरको यो प्याकेजले भारतीय नौसेनाको समुद्री क्षमतालाई बलियो बनाउनेछ। अमेरिकासहित क्षेत्रीय साझेदारहरूसँग समन्वय बढाउनेछ।

अमेरिकाले यो कदमले दुवै देशलाई अझ सुरक्षित र समृद्ध बनाउन मद्दत गर्ने बताएको छ। २४ एमएच–६०आर समुद्री हेलिकप्टरहरू बनाउने कम्पनीले यसलाई विश्वको सबैभन्दा राम्रो समुद्री हेलिकप्टर भनेको छ। 

विशेष गरी यी जहाजहरूबाट उडान भर्न र अवतरण गर्न डिजाइन गरिएको छ। राष्ट्रपति पुटिन बिहीबार (आज) देखि दुई दिने भारत भ्रमणमा आउँदैछन्। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्। 

प्रकाशित: १८ मंसिर २०८२ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App