२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा पाकिस्तानको बीएलए र मजिद ब्रिगेडलाई विदेशी 'आतंकवादी संगठन' घोषित

अमेरिकाले सोमबार पाकिस्तानस्थित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) र द मजिद ब्रिगेडलाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेको छ।

२०१९ मा धेरै चरमपन्थी आक्रमणहरूपछि अमेरिकाले बीएलएलाई 'विशेष रूपमा तोकिएको विश्वव्यापी आतंकवादी'को श्रेणीमा राखेको थियो।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत उक्त समूहले त्यस बेलादेखि धेरै आक्रमणहरूको जिम्मेवारी लिएको बताएको छ।

अमेरिकी विदेश विभागले यो कारबाहीले 'आतंकवादविरुद्ध ट्रम्प प्रशासनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ' भनेको छ।

अमेरिकी विदेश विभागले भन्यो, 'आतंकवादी संगठनहरूलाई घोषित गर्नुले यस दुष्टता विरुद्धको हाम्रो लडाईमा महत्त्वपूर्ण भूमिका खेल्छ र यो आतंकवादी गतिविधिहरूको समर्थन कम गर्ने प्रभावकारी तरिका हो।'

विदेश विभागले २०२४ मा कराँची विमानस्थल र ग्वादर बन्दरगाह प्राधिकरण परिसर नजिकै भएको आत्मघाती हमलाको जिम्मेवारी बीएलएले लिएको बताएको छ।

मार्च २०२५ मा समूहले क्वेटाबाट पेशावर जाने जाफर एक्सप्रेस रेल अपहरणको जिम्मेवारी लिएको थियो।

यस घटनामा ३१ जना सर्वसाधारण र सुरक्षाकर्मीको मृत्यु भएको थियो भने ३०० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको थियो।

प्रकाशित: २७ श्रावण २०८२ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App