१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प-सीको भेटअघि अमेरिका र चीनबिच महत्वपूर्ण सहमति

फाइल तस्बिर

अमेरिका र चीनबिच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यस हप्ता दुई देशका नेताहरूबिचको बैठकमा यसबारे छलफल गरिनेछ।

सीबीएससँग कुरा गर्दै बेसान्टले सहमतिमा टिकटकको अमेरिकी स्वामित्वबारे ‘अन्तिम सम्झौता’ र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणहरू स्थगित गर्ने निर्णय समावेश भएको जानकारी दिए।

उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा प्रस्ताव गरेको सय प्रतिशत कर लागू हुने सम्भावना कम रहेको पनि उल्लेख गरेका छन्। चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद पुनः सुरु गर्ने उनले जानकारी दिए।

उनका अनुसार दुवै देशहरू विश्वका दुई ठूला अर्थतन्त्रहरूबिच चलिरहेको व्यापार युद्धलाई थप चर्किनबाट रोक्न प्रयासरत छन्।

आइतबारदेखि ट्रम्प एसियाको एक हप्ता लामो भ्रमणमा छन्। यस क्रममा उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम तय भएको छ। एजेन्सी

प्रकाशित: १० कार्तिक २०८२ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App