२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनको नयाँ शान्ति प्रस्ताव : जेलेन्स्की र पुटिनबिच प्रत्यक्ष वार्ता

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रुससँग शान्ति वार्ता फेरि सुरु गर्न नयाँ प्रस्ताव गरेको बताएका छन्। रुस र युक्रेनबिच गत महिनादेखि वार्ता रोकिएको छ। यसबिच जेलेन्स्कीले यस्तो बताएका हुन्। 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको बताए। जेलेन्स्कीले युद्धविराम गराउन हरेक प्रयास गर्नुपर्ने बताए।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटवार्ता गर्नुपर्ने कुरा फेरि दोहोर्‍याएका छन्। जेलेन्स्कीले भने, ‘शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ।’

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना घोषणा गर्दै ५० दिनभित्र युद्धविराम नभएमा रुसमाथि भारी कर लगाउने चेतावनी दिएका थिए। 

जवाफमा रुसले अमेरिकाको धम्की मान्य नभएको भनेको छ। रुसले २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसबेलादेखि दुई देशबिच युद्ध जारी छ। एजेन्सी

प्रकाशित: ४ श्रावण २०८२ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App