३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

युक्रेनले इरानी आक्रमणकोविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन गर्ने भएकाे छ। 

 युक्रेनले खाडी मुलुकहरू विरुद्धको इरानी सैन्य कारबाहीलाई तत्काल रोक्न र सबै प्रकारका आक्रमण अन्त्यको आवश्यकतामा  जोड दिएको छ।  

जिसिसीका महासचिव जसिम मोहम्मद अल बुदैवीले युक्रेनका विदेश मामिला मन्त्री एन्ड्री सिबिहासँग गरेको फोन वार्ताको माध्यामबाट यो समर्थन पुष्टि भएको जनाइएको छ।  

यसैबीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव-२८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन्।  

यस अवसरमा साझा हितका लागि जीसीसी-युक्रेनी सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ। क्युएनए

प्रकाशित: ३ चैत्र २०८२ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App