२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसी ड्रोनमा भारतीय पुर्जा भेटिएको युक्रेनको आरोप

फाइल तस्बिर

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रेई यरमकले रुसद्वारा प्रयोग गरिएको आक्रमणकारी ड्रोनमा भारतमा बनेका पुर्जाहरू फेला परेको दाबी गरेका छन्। 

सन् २०२२ मा युद्ध सुरु भएपछि रुसले जुलाई महिनामा युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन आक्रमण गरेको युक्रेनले जनाएको छ। उनले भने, ‘रुसलाई विदेशी पुर्जाहरूको आपूर्ति रोकिनुपर्छ, ताकि उसले ती प्रयोग गरेर युक्रेनी जनताको हत्या गर्न नसकोस्।’ 

यो दाबी त्यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि रुसबाट तेल किनेर त्यसको युद्ध प्रयासमा सहयोग गरिरहेको आरोप लगाइरहेका छन्। 

मीडिया रिपोर्टहरू अनुसार रुसले जुलाईमा युक्रेनमाथि ६ हजार भन्दा बढी ड्रोन आक्रमण गरेको थियो, जुन युद्ध सुरु भएयता एक महिनामै सबैभन्दा धेरै हो। यी आक्रमणहरूमा दर्जनौं मानिसको मृत्यु भयो भने कैयौं घाइते भए। घर, किंडरगार्टन, एम्बुलेन्स र सैन्य आधारशिविरहरू क्षतिग्रस्त भएका थिए। आक्रमणको कारण युक्रेनी राजधानी किभका धेरै भवनमा आगलागी भएको थियो।

यो महिना पनि रुसले युक्रेनमाथि मिसाइल र ड्रोन आक्रमण जारी राखेको छ। युक्रेनी वायुसेनाका अनुसार गत शनिबार राति रुसले ७६ ड्रोन र ७ मिसाइल प्रहार गरेको थियो। तीमध्ये ६० ड्रोन र एक मिसाइललाई खसालिएको थियो। बाँकी १६ ड्रोन र ६ मिसाइल युक्रेनका ८ वटा फरक–फरक स्थानमा खसेका थिए। ३१ जुलाईमा रूसी हमलामा ३१ युक्रेनी नागरिक मारिएका थिए, जसमा ५ बालबालिका पनि थिए। १५० भन्दा बढी घाइते भएका थिए। एजेन्सी

प्रकाशित: २१ श्रावण २०८२ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App