२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४० हजारको कर विवादपछि बेलायतकी उपप्रधानमन्त्रीद्वारा राजीनामा

बेलायतकी उपप्रधानमन्त्री तथा आवास मन्त्री एन्जेला रेनरले राजीनामा दिएकी छिन्। कर विवादले राजनीतिक संकट बढाउँदा उनले शुक्रबार नेता केयर स्टारमरलाई सम्बोधन गर्दै आफ्नो पद छाड्ने घोषणा गरिन्। यो कदमले मध्य–वामपन्थी लेबर सरकारलाई थप दबाबमा पारेको छ।

रेनरले राजीनामा पत्रमा लेखेकी छिन्, ‘आवास सचिवको रूपमा मेरो पद र मेरो जटिल पारिवारिक व्यवस्था दुवैलाई ध्यानमा राख्दै थप विशेषज्ञ कर सल्लाह नलिने मेरो निर्णयको लागि गहिरो पछुतो छ। म यो त्रुटिको पूर्ण जिम्मेवारी लिन्छु।’ उनले कर नतिरेको विषय अनजानमा भएको भन्दै कुनै गलत मनसाय नभएको स्पष्ट गरेकी छिन्।

उनको राजीनामा समुद्री किनारको घर खरिद गर्दा ४० हजार पाउण्ड कर नतिरेको विवाद सार्वजनिक भएपछि आएको हो। उनले कर प्रणालीको जटिलताका कारण गल्ती भएको दाबी गरे पनि विपक्षी दल र मिडियाले उनलाई पाखण्डीको रूपमा चित्रित गरे। यसअघि उनले यस्तै मुद्दामा कन्जरभेटिभ नेताहरूलाई आक्रमण गरेकी थिइन्।

रेनरको विदाइले लेबर पार्टीका लागि ठूलो घाटा भएको मानिएको छ। श्रमिक वर्गको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी उनी पार्टीका सबैभन्दा लोकप्रिय नेतामध्ये एक मानिन्थिन्। उनका स्पष्ट अभिव्यक्ति र सामान्य जनतासँग जोडिने क्षमताले लेबर पार्टीभित्रको विभाजनलाई कम गर्ने काम गरेको थियो।

रेनरको राजीनामापछि स्टारमरले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। आलोचकहरूका अनुसार आवास संकटले ग्रस्त बेलायतमा कर विवादमा जकडिएकी नेत्रीलाई जोगाउन स्टारमरका लागि कठिन हुँदै गएको थियो। अब उनको सरकार थप चुनौतीपूर्ण परिस्थितिमा परेको छ। एजेन्सी

प्रकाशित: २० भाद्र २०८२ १९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App