२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा ‘कालमेगी’ आँधीको कहर, २६ जनाको मृत्यु

फिलिपिन्समा आएको यो वर्षको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक “कालमेगी“ ले व्यापक विनाश मच्चाएको छ। अधिकारीहरूको अनुसार हालसम्म कम्तीमा २६ जनाको मृत्यु भएको छ र लाखौं मानिसहरू आफ्ना घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।

यो आँधीका कारण सबैभन्दा धेरै क्षति देशको सबैभन्दा बढी जनसंख्या भएको केन्द्रीय टापु सेबुमा भएको छ, जहाँ पूरा–पूरा सहरहरू पानीमा डुबेका छन्। अधिकारीहरूले मृत्युको संख्या अझ बढ्न सक्ने बताएका छन्।

यसबीच राहत र उद्धार अभियानमा संलग्न फिलिपिन्स वायुसेनाको एउटा हेलिकप्टर उत्तरी मिन्दानाओ टापुमा दुर्घटनाग्रस्त भएको छ, जसमा रहेका सबै छ जना चालकदल सदस्यहरूको मृत्यु भएको छ।

स्थानीय रूपमा यो आँधीलाई ‘टिनो’ नाम दिइएको छ। मंगलबार बिहान भूमिसँग ठोक्किएपछि यसको शक्तिमा केही कमी आएको भए पनि हाल पनि यसले प्रतिघण्टा १३० किलोमिटरभन्दा बढी वेगमा हावा बहाइरहेको छ।

सामाजिक सञ्जालमा आएका भिडियोहरूमा मानिसहरू आफ्ना घरका छानामा आश्रय लिइरहेका देखिन्छन् भने सडकमा गाडी र कन्टेनरहरू बगिरहेका देखिएका छन्।

मौसम विभागका अनुसार यो आँधी बुधबारसम्म विसायास टापु समूहका क्षेत्रहरू हुँदै दक्षिण चीन सागरतर्फ सर्नेछ। एजेन्सी  

प्रकाशित: १९ कार्तिक २०८२ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App