१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाइट हाउस छेउमा गोलीबारीमा नेशनल गार्डका दुई सदस्य गम्भीर रूपमा घाइते

अमेरिकाको वाशिङटन डीसीमा गोलीबारी भएको छ, जसमा नेशनल गार्डका दुई सदस्य गम्भीर रूपमा घाइते भएका छन्। यो जानकारी एफबीआई निर्देशक काश पटेलले दिएका हुन्।

अधिकारीहरूको अनुसार, स्थानीय समय अनुसार २ः१५ बजे एक हमलावरले नेशनल गार्डका सदस्यमाथि गोली चलाएको थियो। घटना ह्वाइट हाउस नजिक भएको हो।

कानून कार्यान्वयन निकायका स्रोतहरूले बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युजलाई बताएको अनुसार, संदिग्ध हमलावर अफगान नागरिक रहमानुल्लाह लकनवाल हुन्, जो २०२१ मा अमेरिका आएका थिए।

मुठभेडका क्रममा संदिग्ध पनि घाइते भएका छन् र उनलाई अस्पताल लगिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि संदिग्ध ‘गम्भीर रूपमा घाइते’ छन्।

त्यसैगरी वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले सुरुमा दुवै नेशनल गार्ड सदस्य मारिएको बताएका थिए, तर पछि उनले उनको अवस्थाबारे फरक–फरक जानकारी प्राप्त भइरहेको लेखे।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथका अनुसार, राष्ट्रपति ट्रम्पले आक्रमणपछि वाशिङटन डीसीमा थप ५०० नेशनल गार्ड तैनाथ गर्न आदेश दिएका छन्। एजेन्सी

प्रकाशित: ११ मंसिर २०८२ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App