२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा दुई जना पक्राउ

फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा फ्रान्सको कानुन प्रवर्तन निकायले बिहीबार दुई जनालाई पक्राउ गरेको छ।

सुरक्षा निकायका कर्मचारीले ३३० मिटर अग्लो पेरिस स्मारकको उकालो चढ्ने क्रममा नकाब लगाएका र प्यारासुट बोकेका ती जोडीलाई देखेका थिए र उनीहरूले प्रहरी र नागरिक सुरक्षा टालीलाई टावर परिसरमा बोलाएका थिए।  

स्थानीय समयअनुसार बिहान ६ बजेतिर उनीहरू टावरबाट हाम फालेका थिए र अवतरणपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

स्मारक नजिकै रहेका तर आरोहणमा भाग नलिएका तेस्रो व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

सन् १८८९ मा पेरिसको युनिभर्सल एक्जिबिसनका लागि निर्माण सम्पन्न भएको इफेल टावर पेरिस शहरको स्वामित्वमा छ।

विश्वको सबैभन्दा बढी अवलोकन गरिएको स्मारकमध्ये एक यो स्मारकले प्रत्येक वर्ष लगभग ७० लाख मानिसहरूलाई आकर्षित गर्दछ भने तीमध्ये लगभग तीन–चौथाई विदेशी पर्यटक हुने गरेका इफेल टावरको वेबसाइटमा उल्लेख गरिएको छ। एजेन्सी

प्रकाशित: २७ असार २०८२ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App